२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके प्रहरीले १२ बर्ष जेल सजाय पाएका फरार एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र २५, २०७७

महेन्द्र सिंह बाँकेमा २०७२ चैत्र १० गते जिल्ला अदालत बाँकेले गौवध मुद्दामा १२ बर्ष कैद सजाय फैसला सुनाएपनि फरार रहँदै आएका अलि हुसेन तेलीलाई इलाका प्रहरी कार्यालय धनौली खजुराको टोलीले पक्राउ गरेको हो । खजुरा गाउँपालिका वडा नम्बर ७ का ३१ वर्षको कुन्ने तेली भनिने अलि हुसेन तेलीलाई पक्राउ गरी जिल्ला अदालत उपस्थित गराईएको प्रहरीले जानकारी दिएको छ । लुकिछिपी बस्दै आइरहेका तेलीलाई खोजतलासको क्रममा प्रहरीले खजुरा गाउपालिका ७ बाट नियन्त्रणमा लिएको हो । यस्तै खजुरा गाँउपालिका ८ का २५ वर्षिय कनउ खाँ र सोही ठाँउ बस्ने २६ वर्षिय बब्लु भन्ने मोहम्मद सफिक खाँलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरु दुबै जना चोरी मुद्धाका फरार अपराधी हुन् । उनिहरुलाई प्रहरीले खजुरा गाँउपालिका वडा नम्बर ८ रनियापुरबाट पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!