०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

बाँके प्रहरीले १२ बर्ष जेल सजाय पाएका फरार एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र २५, २०७७

महेन्द्र सिंह बाँकेमा २०७२ चैत्र १० गते जिल्ला अदालत बाँकेले गौवध मुद्दामा १२ बर्ष कैद सजाय फैसला सुनाएपनि फरार रहँदै आएका अलि हुसेन तेलीलाई इलाका प्रहरी कार्यालय धनौली खजुराको टोलीले पक्राउ गरेको हो । खजुरा गाउँपालिका वडा नम्बर ७ का ३१ वर्षको कुन्ने तेली भनिने अलि हुसेन तेलीलाई पक्राउ गरी जिल्ला अदालत उपस्थित गराईएको प्रहरीले जानकारी दिएको छ । लुकिछिपी बस्दै आइरहेका तेलीलाई खोजतलासको क्रममा प्रहरीले खजुरा गाउपालिका ७ बाट नियन्त्रणमा लिएको हो । यस्तै खजुरा गाँउपालिका ८ का २५ वर्षिय कनउ खाँ र सोही ठाँउ बस्ने २६ वर्षिय बब्लु भन्ने मोहम्मद सफिक खाँलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरु दुबै जना चोरी मुद्धाका फरार अपराधी हुन् । उनिहरुलाई प्रहरीले खजुरा गाँउपालिका वडा नम्बर ८ रनियापुरबाट पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!