०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

ईलाका प्रहरी कार्यालय भालुवाङ लाई स्वास्थ्य सामाग्रीहरु वितरण

Logo
प्रकाशित बिहिबार, भाद्र २५, २०७७

बिदुर एमसी
दाङ भालुवाङ राप्ती गाउँपालिकाकामा न्याय र सुशासनको क्षेत्रमा काम गर्दै आएको कपिलबस्तुमा रहेको माहुरी होमले दाङका विभिन्न प्रहरी कार्यालयलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गर्ने क्रममा भालुवाङ स्थीत ईलाका प्रहरी कार्यालय लाई समेत स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको छ ।
डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको हो ।
माहुरी होमले वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीको हात बाट ईलाका प्रहरी कार्यालय प्रमुख गंगा बहादुर सारुलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको छ । माहुरी होमले प्रदान गरेको स्यानीटाइजर, मास्क, पिपिई, हेण्डवास, स्प्रे, थर्मल गण, ग्लोब्स, लगायत सामाग्री ईलाका प्रहरी कार्यालयका प्रसनी लक्ष्मी प्रसाद कडेले बुझ्नु भएको छ ।
कोरोना भाइरस माहामारी रोक्न प्रहरी दिनरात खट्नुपर्ने भन्दै संस्थाले स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको होे । पछिल्लो समयमा प्रहरीमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि सचेत हुँदै काम गर्न सहज गराउन स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको सामाजिक परिचालक पुष्पा बन्जाडेले जानकारी दिनुभयो ।
माहुरी होमले सहज परियोजना सञ्चालन भएका कपिलबस्तु, दाङ, बाँके, बर्दिया, प्यूठान, रोल्पा, रुपन्देहीमा रहेका प्रहरी कार्यालयलाई सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!