२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

सिडियो विवादमा भन्ने समाचार लेख्ने अनलाईनको बैधानिकता बारे प्रश्न्न ?

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

ABC Sanchar
बाँकेमा शनिबार बिहान देखि सिडिओ रामबहादुर कुरुम्बाङ ‘चर्को बिबादमा आएपछि बिदामा सिडियो’ शीर्षकको समाचार प्रकाशित भएपछि सामाजिक संजालमा विभिन्न किसिमका टिका टिप्पणी भईरहेको छ । ई सेतोखरी नामको अनलाईनले लेखेको समाचारमा ‘चर्को बिबादमा आएपछि विदामा सिडियो’ विदा गएको उल्लेख गरेर समाचार बनाएको छ । बाँके सिडिओले सात महिना देखि विदा नबसेको भन्दै विदा लिएको सामाजिक संजालमा पोष्ट गरेपछि सिडिओ कुरुम्बाङका समर्थकले अनलाईनको कडा आलोचना गरेका छन् ।
बाँकेका सिडिओले कोरोना अपडेट र प्रशासनमा निर्णय भएका कुरुम्बाङले आफ्नो फेसबुकमको वालमा पोष्ट गर्दे आईरहेका थिए । पछिल्लो समयमा उनले फेसबुकमा पोष्ट गरेका सूचना आधारबाटै समाचार माध्यमबाट समाचार बन्ने गरेको पाईएको छ ।
बिहिबार निषेधाज्ञाको बारेमा फेसबुकमा कुरुम्बाङले पोष्ट गर्दा विभिन्न किसिमका प्रतिक्रिया फेसबुक प्रयोगकर्ताले दिएका थिए । ई सेतोखरी अनलाईनले कुरुम्बाङले फेसबुकमा पोष्ट गरेका कारण विवाद झेल्न नसकेको कारण विदामा बसेको खुलाएर समाचार बनाएको छ । पुनः कुरुम्बाङले समाचार उल्लेख गरेको कुरा सत्य नभएको सिडिओले वालमा प्रतिक्रिया दिँदा ई सेतोखरी अनलाईनको बैधानिकता माथि प्रश्न उठाउँदै सूचना बिभागमा दर्ता नभएको खुलाएर प्रतिक्रिया दिएका छन् ।
पत्रकार वर्गलाई नै बिभिन्न किसिमका लाञ्छना लगाएर प्रतिक्रिया दिँदा पत्रकार जगतको बदनाम भएको निष्र्कष छ । पत्रकार उदय श्रेष्ठले प्रतिक्रिया दिँदै भनेका छन– ‘बाँके प्रशासनको बाँके जनताप्रतिको चासो, रुचि र सक्रियता स्वागतयोग्य नै छ । दर्ता नभएका अवैध रुपमा संचालित यस्तो अनलाईनले बदनियतपूर्वक समाचार प्रकासित गर्नु निन्दनीय कार्य हो । हाम्रो ध्यानार्कषण र घोर आपत्ती छ ।’ प्रतिक्रिया दिने श्रेष्ठ पत्रकार हुन । यस्तै, अधिकांशले फेसबुकमा दिएको प्रतिक्रिया श्रेष्ठले लेखेकोसँग मिल्दो जुल्दो छ । फरक समाचार ड्ट्कमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!