२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

दाङको लमही घोराही सडक खण्ड एक्कासि भासियो दुर्घटनाको जोखिम

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

सागर थापा दाङमा आइतवार विहान ५ बजे लमही नगरपालिका वडा नम्बर ६ लमही देखि करिब ५ किलोमिटर अगाडि पक्की सडक एक्कासि भासिएको छ । सडकको दायाँ पट्टीको भाग पुरै भासिएर खोलामा पहिरो खसेको छ । सडक भासिदा दुबै तिर चिराचिरा परेको छ । लमही घोराही सडक खण्डमा अहिले यातायात एक तर्फे रुपमा मात्रै संचालनमा छ । सडक भासिएको स्थानमा वडा प्रहरी लमही र अस्थायी ट्राफिक पोष्ट लमहीको टोलि निरन्तर खटेको दाङ ट्राफिक प्रमुख प्रेम रेग्मीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको १३ जना डिएसपीको पदस्थापन काठमाडौं । मंगलबार प्रहरी महानिरीक्षकको निर्णयाअनुसार हालै बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । साउन २१ गतेबाट लागू हुने गरी डीएसपीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!