२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके प्रहरीले रेडपाण्डाको छाला सहित ५ जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

बाँके बैजानाथ गाउँपालिका वडा नम्बर १ मा रहेको डेलियाल रेष्टुरेण्टमा रेडपाण्डा खरिद विक्रि गर्न लागेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले उक्त ५ जना बसेको कोठाको खाट मुनि नग्रा, दात सहितको रेडपाण्डाको छाला फेला पारी बरामत गरि नियन्त्रणमा लिएको थियो ।
प्रकाउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षिय कृष्ण वलि, वडा नम्बर ९ बस्ने २८ वर्षिय इन्द्र बहादुर नेपाली, सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ५ का ३० वर्षिय जय बहादुर कामि, २५ वर्षिय गणेश विक र वडा नम्बर १२ वस्ने ३६ वर्षका देव बहादुर बाँठा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपि ओम बहादुर रानाले जानकारी दिए ।
हाल सम्मको अनुसन्धानका आधारमा इन्द्र बहादुर नेपालीले बरामद गरिएको रेडपाण्डाको छाला जाजरकोटकै लोकेश सिंह बाट १० लाखमा खरिद गरेको र इन्द्र बहादुरले उक्त छाला कृष्ण वलिलाई दिएको, कृष्ण वलिले गणेस विकलाई दिएको र गणेस विक लगाएतले सुर्खेत छिन्छुबाट उक्त छाला ४० लाखमा विक्रि गरेर बाँकेमा ल्याएको प्रहरी प्रमुख एसपि रानाले आज एक पत्रकार सम्मेलन गरि जानकारी दिए ।
आज प्रकाउ परेकाहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिम १० लाख सम्म जरिवाना र ५ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनि व्यवस्था रहेको बाँके प्रहरीले सार्वजनिक गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]