२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अपहरणको नाटक गर्ने महिला बाँके प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

महेन्द्र सिंह
मलाई चार जनाले अपहरण गरेका छन् । अहिले म शौचालयबाट बोल्दैछु । केहीबेरमा अर्को घरमा लैजाने कुरा गर्दैछन्, मेरो उद्धार गर्नु प¥यो’ महिलाले फोन गरेपछि प्रहरी झसंग भए । बाँकेका एसपी, प्रदेशका डीआइजी हुँदै हेडक्वाटरसम्म कुरा पुग्यो ।
फोनमा महिलाले लमही–भालुवाङको बीचमा राखेका छन् भनिन् । जिल्ला प्रहरीको दौडादौड भयो । फोन लोकेसन हेर्ने काम भयो । फोनको लोकेसनले नेपालगञ्ज नै देखाइरहेको थियो । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरीका सबै अधिकृतहरु घटनामा केन्द्रित भए । दौडादौडपछि महिलालाई नेपालगञ्जको फूल्टेक्रास्थित शिवमन्दिर नजिकबाट प्रहरीले नियन्त्रणमा लियो । लमही–भालुवाङको बीचमा अपहरण गरेर राखेका छन् भन्ने महिला यही बसेर फोन गरिरहेकी रहिछन् । प्रहरीले उनलाई नियन्त्रणमा लियो । अनि अनुसन्धान थाल्यो, बास्तवमा भएको के हो त ? महिलाको फेसबुकमा नवलपरासीको केटासँग चिनजान र कुराकानी हुँदो रहेछ । केटाले पोखरा घुम्न बोलाएका रहेछन् । केटीले आउँछ पनि भनिछन् । जाने भनेको दिन केटीले यता यस्तो नाटक गरिरहेकी छन् । दुई बच्चाकी आमाको यस्तो नाटकले धेरैबेर प्रहरीले हैरानी खेप्नु प¥यो । प्रहरीले अहिले उनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत सार्वजनिक गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!