२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

अपहरणको नाटक गर्दै ठगी गर्ने महिला प्रहरीको खोरमा

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

महेन्द्र सिंह  बाँके ,                                                  बर्दिया जिल्ला घरभै हाल नेपालगन्जउपमहानगरपालिका पुरैना बस्ने चौधरीले फेसबुक मा sumi dahit नाम राखी विभिन्न मोडेल केटिहरु को फोटो राख्दै आकर्षक एबम धनाढ्य पुरुषहरु लाई ब्लाकमेलिङ गरि पैसा असुल्ने र भाग्दै हिड्ने गरेको थाहा हुन आएको छ।पछिल्लो समय नवलपरासी घर भएको एकजना पुरुष फेसबुक कै फोटो देखेर आकर्षण भएको र आफुलाई बारंबार पोखरा जान को लागी आग्रह गर्दा आफु फेसबुक मा भएको फोटो को जस्तो बास्तबिक मान्छे र राम्री नभएको हुनाले निज पुरुषको आग्रह लाई टार्नको लागि आफु पोखरा आउदै गर्दा दाङको लमही बाट अपहरणमा परेको जानकारी ति पुरुष लाई गराई नाटक गरेको प्रहरी संग बताएकी छिन।
पछि निज पुरुषले प्रहरी महानिरीक्षक , पाच नंबर प्रदेशका प्रहरी नायब महानिरीक्षक र अपराध महाशाखा का प्रहरी बरिस्ठ उपरीक्षक लाई समेत फोन गरि केटि अपहरणमा परेको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय बाके ले निकै गम्भीरतापुर्बक ल्याई तत्काल बाके प्रहरी प्रमुख ओम राना मगर को नेतृत्व मा प्रहरी नायब उपरीक्षक सुबास खड्का र वडा प्रहरी कार्यालय का प्रहरी निरीक्षक हरि बस्नेत को टोलिले खोजतलास को काम अगाडि बढाएको थियो। यसरि रातभर को खोजतलासको क्रममा बाकेको सम्शेरगन्ज सम्म पनि नभेटेपछि नेपालगन्ज उपमहानगरपालिका ९ पुरैनामा लुकेर बसेकी चौधरी लाई पक्राउ गरि वडा प्रहरी कार्यालय मा राखी आबस्यक अनुसन्धान अगाडी बढाईएको र आबस्यक कार्बाही का लागी जिल्ला प्रहरी कार्यालय मा पठाईएको प्रहरी निरीक्षक हरि बस्नेत ले जानकारी दिनु भयो।यसरी आफ्नो प्रोफाईल मा राम्री मोडेल केटि को फोटो प्रयोग गरि यसरी सयौं लाई रकम असुली ठगि धन्धा चलाउने चौधरी लाई बाके प्रहरी प्रमुख ओम राना मगर को सक्रियता मा पक्रन सफल भएको हो।
अहिले सामाजिक संजाल को गलत प्रयोग का कारण अपराध निकै बढेको र यस्को नियन्त्रण का लागी सजकता अपनाउनुपर्ने प्रमुख रानाले बताउनु भयो। आफु सजक नभएमा यस्तै गम्भीर अपराधी को जालमा पर्न सकिने भएको ले यस्तो प्रकारको ठगी बाट बच्न नागरिक समाज र समाज जागरुक हुनु पर्ने राना ले बताउनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!