२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

कोरोना देखिए पछी रोल्पाको होलेरी बजार शिल

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

ABC Sanchar
रोल्पामा समुदायस्तरका व्यक्ति ८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमण रोकथाम लागि अर्को सुचना जारी नभएसम्मका लागि होलेरी बजार शिल गरिएको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र रोल्पाको आज बसेको बैठकले होलेरी बजारलाई पूर्णरुपमा शिल गर्ने निर्णय गरेको हो । पूर्वमा नुवागाउँ ढुंगाखानी, पश्चिममा खर्से बजार, उत्तरमा सखी र सैवाङ गाउँ र दक्षिणमा सापडाँडा र ग्वारखोलको क्षेत्रमा पुर्णरुपमा लकडाउन गरिएको छ ।
बन्दाबन्दीको समयमा होलेरी बजारमा स्वास्थ्य सेवा बाहेक अन्य सबै सेवा पूर्णरुपमा बन्द हुने भएका छन् । लकडाउन अवधिभर बैंक तथा वित्तिय संस्थाहरु र सरकारी कार्यालय पनि बन्द हुने निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!