२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

दाङमा बाढीले कुखुरा बोकेको बोलेरो र कुखुरा फर्म बगायो

Logo
प्रकाशित सोमबार, भाद्र २९, २०७७

सागर थापा दाङमा चट्याङ र अबिरल वर्षा पछि आएको बाढीले कुखुरा बोकेको बोलेरो र कुखुरा फर्म बगाएको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ चमेरे खोलामा स्थानीय राजकुमार वलीको कुखुराको फर्म बाढीले बगाएको हो।
बाढीका कारण फर्मसँगै त्यहाँ रहेका २२ दिनका एक हजार चल्ला र १० बोरा दाना बगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालले जानकारी दिएका छन्।त्यसबाट वलीलाई चार लाख बढीको क्षति भएको अनुमान गरिएको छ।त्यस्तै तुलसीपुर–घोराही सडक खण्डमा सडक खण्डमा पर्ने हापुर खोलामा आएको बाढीले एउटा बोलेरो गाडी बगाएको छ।जिल्ला प्रहरी कार्यालय दाङ प्रबक्ता डिएसपी सुमित खड्काका अनु्सार ना ४ ६ १४४६ नम्वरको उक्त बोलेरो गाडी बगाउँदा ३ हजार कुखुराका चल्ला मरेर नष्ट भएका छन्।
गाडी विहान साढे ६ बजेतिर बगाएको डिएसपी खड्काले बताए।सो बाट तीन लाख बढीको नोक्सानी भएको डिएसपी खड्काले बताए ।गएराति दाङमा मेघ गर्जनसहित भारी वर्षा भएपछि जिल्लाका दर्जन बढी खोलाहरूमा बाढीको आएको छ। जल तथा मौसम विज्ञान विभागले दाङको बेलझुण्डी, तुलसीपुर आसपासका क्षेत्रमा पछिल्लो ३ घन्टामा अति भारी वर्षा हुने भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई म्यासेज समेत पठाएको थियो।भारी वर्षाले नदी तथा खहरे खोलाहरूमा बाढी आउन सक्ने र नदी तथा तटिय क्षेत्रहरु डुवानमा पर्न सक्ने खतरा उस्ले एसएमएस गरी सावधान रहन आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!