२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

स्वास्थ मापदण्ड अपनाएर यातायात संचालन गर्न सकिने मन्त्रालयमा प्रतिवेदन

Logo
प्रकाशित सोमबार, भाद्र २९, २०७७

ABC Sanchar
काठमाडौं यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालय, यातायात व्यवसायी तथा मजदुर संगठनसँग छलफल गरेर सुरक्षा मापदण्ड अपनाएर यातायात संचालन गर्न सकिने प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको छ ।
स्वास्थ्य मापदण्ड पालना गर्दै निर्धारित मापदण्ड बनाएर सार्वजनिक यातायात संचालन गर्न सकिने प्रतिवेदन मन्त्रालयमा पठाएका छौं विभागका महानिर्देशक गोगन बहादुर हमालले बताउनुभयो । उहाँले आज बस्ने मन्त्रिपरिषद् मा यो बिषयमा छलफल हुन सक्ने उहाँले बताउनुभयो ।
हामीले व्यवसायीहरुले सुरक्षा मापदण्ड अनुसार सार्वजनिक यातायात संचालन हुने सक्ने भनेर प्रतिवेदन पठाएका छौ अब क्याबिनेटले यो बिषयमा निर्णय गर्ने हमालले बताउनुभयो । उहाँले यो बिषयमा स्वास्थ्य मन्त्रालयसँग समेत छलफल भइसकेको र उहाँहरु समेत सकारात्मक देखिएको र सोही आधारमा मन्त्रालयमा प्रतिवेदन पठाएको उहाँले बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले अब पनि यातायात संचालन नहुँदा लाखौ परिवार चल्नै नसक्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले सरकारसँग कि काम कि माम चाहियो भनेर पटक पटक भनिरहेको बताउनुभयो ।
४५ लाख प्रभावित
लकडाउनको समयमा यातायात क्षेत्रबाट जीविकोपार्जन गर्ने ४५ लाख जनसंख्या प्रभावित भएको दाबी महासंघको छ । चैत्र ११ गतेदेखिको लकडाउन तथा निषेधाज्ञाको कारण सार्वजनिक यातायात सञ्चालनमा आउन नसक्दा ४५ लाख जनशक्ति संकटमा परेको महासंघले बताउँदै आएको छ । ६ महिनादेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लागेका कारण ११ लाख श्रमिक ३ लाख ६० व्यवसायीसँग प्रत्यक्ष आश्रित ४५ लाखभन्दा बढीको जीवन संकटमा समस्यामा परेको महासंघका अध्यक्ष कर्माचार्यले बताउनुभयो ।
जीवन संकटमा परेसँगै शुक्रबारमात्रै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजुदर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधीले शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई भेटेर समस्या राखेका थिए ।
‘अब सार्वजनिक यातायात बन्द गरेर बस्न नसकिने’ भन्दै ‘तत्काल यातायात सञ्चालन गर्न माग राखेका छौ अध्यक्ष कर्माचार्यले भन्नुभयो ।
चारै संगठन अध्यक्षले मन्त्री नेम्वाङसमक्ष १ असोजबाट यातायात चलाउने व्यवस्था गर्न माग गर्दै त्यसो नगरिए आफूखुसी सञ्चालन गर्ने चेतावनी दिएका हुन् । सरकारले ११ चैत २०७६ देखि पटक पटक म्याद थप गर्दै लामो दूरी तथा अन्तरजिल्ला यातायात सञ्चालन ३१ भदौसम्म रोक लगाएको छ ।
चार संगठनले १ असोजबाट अन्तरजिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारी पनि चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरमा भएको अनियमितताबारे छानबिन गर्नुपर्ने र सवारीको आयु तोकेर दर्ता तथा नवीकरण रोक्ने निर्णय खारेज गर्नुपर्ने मागसमेत गरेका थिए ।
निर्णय भए तत्कालै यातायात संचालन गर्न तयार रहेको अरनिको यातायात सेवा प्रालीका अध्यक्ष चित्र कुंवरले बताउनुभयो । उहाँले सरकारले तत्कालै निर्णय गर्ला भनेर र चाडपर्व समेत मुखमा आएकाले तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]