२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

असोज ५ गतेदेखि लामो दुरीको यातायात र आन्तरिक उडान सुचारु गर्ने निर्णय

Logo
प्रकाशित मंगलबार, भाद्र ३०, २०७७

ABC Sanchar
काठमाडौं सरकारले लामो दुरीको यातयात र आन्तरिक हवाई उडान असोज ५ बाट खुला गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको हो।
यसअघि यातयात व्यवसायीहरुले असोज १ गतेबाट निषेधाज्ञा तोडेरै भएपनि लामो दुरीका यातयात सञ्चालन गर्ने घोषणा गरेका थिए।
व्यवसायीको दबावपछि सरकार लामो दुरीको यातयात खोल्ने निर्णयमा पुगेको हो।
मन्त्रिपरिषद्को सोमबारकै बैठकले नेकपा नेता वामदेव गौतमको नाम राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपतिसमक्षा सिफारिस गर्ने निर्णय पनि गरेको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]