०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

नेपाल प्रहरीमा कडा आचारसंहिता लागू के गर्न पाइन्छ ? के गर्न पाइदैँन ?

Logo
प्रकाशित बुधबार, भाद्र ३१, २०७७

ABC Sanchar
काठमाडौं नेपाल प्रहरीले सबै दर्जाका लागि लागू हुने गरी पहिलो पटक एकीकृत आचारसंहिता जारी गरेको छ ।
संगठनभित्र अनुशासनहीन गतिविधि नियन्त्रण र मर्यादित एवं व्यवसायिक आचरण कायम गराउन आचारसंहिता सम्बन्धि कार्यादेश–२०७७’ल्याइएको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक (एआइजी) प्रद्युम्न कार्की अध्यक्ष रहेको तथा एसएसपी मुकुन्द आचार्य, एसपीहरु भूपेन्द्र खत्री, शिवकुमार श्रेष्ठ र राजन अधिकारी तथा डीएसपीद्वय गोविन्द थापा क्षेत्री र निर्मल बूढाथोकी सदस्य रहेको समितिले कार्यदेशको मस्यौदा बनाएको थियो ।
त्यही मस्यौदा प्रहरी महानिरीक्षकले कार्यादेशको रुपमा जारी गरेका हुन् ।
प्रहरी नियमावली २०७१ को नियम १ सय ९६ मा प्रहरी महानिरीक्षकले आवश्यक ठानेमा आन्तरिक कार्यविधि वा आचारसंहिता लागू गर्न सक्ने व्यवस्था छ ।
हालै जारी गरिएको कार्यादेशअनुसार सबै दर्जाका प्रहरीले आफ्ना विपरित लिंगीका प्रहरीलाई गलत मनसायले छुने, स्पर्श गर्ने, धाप मार्नेलगायतका गतिविधि गर्न पाउने छैनन् ।
अनुमति बिना विदेशीसँग भेटघाट गर्न समेत बन्देज लगाइएको छ ।
अनुमति बिना विदेशी कूटनीतिक नियोग, कूटनीतिज्ञ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका व्यक्तिसँग भेट गरेको पाइए कारबाहीको भागिदार हुनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै अनुमति बिना सञ्चारमाध्यममा लेख रचना तथा विचार प्रकट गर्न पनि पाइने छैन ।
राजनीतिक आस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा असर पुग्ने, राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित विपरित हुनेलगायत संगठनले निषेध गरेका धारणा तथा अभिमतमा प्रतिक्रिया, लाइकजस्ता कृयाकलाप गर्न पाइने छैन ।
जाति र भाषा, लिंग, सम्प्रदाय, धर्म, शारिरिक बनावट विशेषका आधारमा कसैलाई होच्याउन वा मानमर्दन गर्न पाइने छैन ।
यसअघि प्रहरीमा सेवा समूह र कार्यालय पिच्छेका आचारसंहिता लागू भएका थिए ।
पछिल्लोपटक आएको यो कार्यदेशरआचार संहिताले साधारण, स्वास्थ्य, इन्जिनियरिङलगायत सबै समूहलाई प्रतिनिधित्व गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!