१७ मंसिर २०८१, सोमबार
02-12-2024 , Mon
×

असोज १ देखि (होटल रेष्टुरेन्ट) खुल्ला हुने सरकारको निर्णय

Logo
प्रकाशित बुधबार, भाद्र ३१, २०७७

ABC Sanchar
काठमाडौं असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय भएको जानकारी दिए ।
तर यी व्यवसाय सञ्चालन गर्दा कोरोनाको सुरक्षा सम्वन्धी मापदण्ड पालना गर्नुपर्नेछ ।
ग्राहकले भौतिक दूरी कायम गर्न सक्नेगरी होटल रेष्टुरेन्टमा भौतिक संरचना व्यवस्थापन गर्नुपर्नेछ । सुरक्षाका उपाय अवलम्वन भए नभएकोबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमन गर्नेछ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । चिसो मौसमसँगै बढ्दै गएको हुस्सु र रातिको कम दृश्यताका कारण दुर्घटनाको जोखिम बढेपछि यस्तो अभियान सञ्चालन गरिएको हो। जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार, रिफ्लेक्टिभ स्टिकरले टाढैबाट टल्किने भएकाले सडकमा सवारीसाधनलाई सहजै चिन्ने र दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्नेछ। “रिफ्लेक्टिभ स्टिकर टाँस्नुका साथै चालकलाई ट्राफिक नियमबारे जानकारी प्रदान […]

  काठमाडौं । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने […]

  दाङ । शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी डाँडाँगाउँ रा १ ख १३८२ नम्वरको यात्रु बहाक बस दुुर्घटना हुदा बसमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ दुधरास निवासी ३२ बर्षिया ईन्द्रा थापा रोकायको उपचारको क्रममा नर्सिङहोम बाँकेमा ज्यान गएकाले पीडितहरुले सोमबार दिउसोदेखि घोराही तुलसीपुर सडक बन्द गरेका छन् । चालकको लापरवाहीका कारण सार्वजानिक […]

error: Content is protected !!