२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

पत्रकार एवं चलचित्रकर्मी बुढाथोकीले दिए एबिसी संचारलाई स्वास्थ्य सामग्रीहरु

Logo
प्रकाशित बिहिबार, आश्विन ०१, २०७७

सागर थापा
नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष एवं चलचित्रकर्मी केएल पीडितले एबिसी संचारको टिमलाई स्वास्थ सामाग्रीहरु सहयोग गर्नु भएको छ । एबिसी संचार ड्ट्कममा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको ५. नम्बर प्रदेश ब्युरो चिफ पत्रकार महेन्द्र सिंहले जानकारी दिनुभएको छ । दाङ जिल्लाका पुरानो पत्रकार एवं चलचित्रकर्मी बुढाथोकीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको र लकडाउनमा पत्रकारहरुले आम नागरिकहरुलाई बाहिर खुला ठाँउ र कार्यक्षेत्रमा खटिएर सूचनाहरु प्रवाह गर्दा निकै जोखिम हुनेहुँदा सो अभियान कार्य सुरु गरिएको पत्रकार बुढाथोकीले जानकारी दिनुभएको छ । अहिलेको यस्तो कोरोना महामारी विषम परिस्थितिमा पनि आफ्नो जीउ ज्यानको प्रवाह नगरी सूचना सङ्कलका लागि घर बाहिर आम नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको पीडितले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।