२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दुरी कायम गरी पशुपति मन्दिर खोल्न माग गर्दै धर्नामा

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

ABC Sanchar
काठमाडौं छ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर लगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै पशुपति क्षेत्रमा भक्तजनले धर्ना दिन थालेका छन्।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि बन्दाबन्दी लगाएपछि पशुपतिनाथ लगायत मठ, मन्दिर, बौद्ध, स्वयम्भू लगायत गुम्बा, चैत्य भक्तजनका लािग बन्द गरिएकामा अन्य क्षेत्र खुल्दा पनि धार्मिक स्थलतर्फ सरकारको ध्यान नगएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा पशुपति क्षेत्रमा शान्तिपूर्ण धर्ना दिइएको हो।
भौतिक दूरी कायम गरी सुरक्षाका सबै उपाय अपनाएर धार्मिक, सांस्कृतिक स्थल खुला गर्न माग गर्न बसेका शान्तिपूर्ण धर्नाकारीमाथि प्रहरीले लाठीचार्ज गरी दुई जनालाई घाइते बनाएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले राससलाई जानकारी दिए।
प्रहरीले विश्व हिन्दू युवा सङ्घका संयोजक ऋषिकेशजङ्ग शाह, महासङ्घका पुष्प पराजुली लगायतलाई लाठी प्रहार गरी घाइते बनाएको छ।
धर्नापछि आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले वैदिक सनातन एवं ओमकार परिवारभित्रका बौद्ध लगायत मौलिक धर्मलाई सिध्याउने खेल भइरहेकाले सचेत हुन आह्वान गरे।
पशुपति क्षेत्र विकास कोषले असार अन्तिम साता महामारीमा मन्दिर खोल्ने सम्बन्धी मापदण्ड बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पेश गरेको छ।
मन्दिर खोल्ने मापदण्ड मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेकोसम्म जानकारी प्राप्त भएको कोष सञ्चालक परिषद् सदस्य संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले जानकारी दिए।
गत हप्ता कमलादी गणेश मन्दिर दुई दिन खुला भएपछि भीड बढेकाले बन्द भएको थियो। धार्मिक अभियानकर्मी प्रकाशजङ्ग रायमाझी पशुपतिको फूल, प्रसाद, चन्दन बाहिर ल्याएर वितरण गरी मूल मन्दिरभित्र प्रवेश गर्न दिनु नहुने बताउँछन।
उपत्यकामा कोरोना सङ्क्रमण बढिरहेको, स्वास्थ्य पूर्वाधार नभएको, सरोकार भएका निकायको यसतर्फ ध्यान नगएको अवस्थामा मन्दिरभित्र प्रवेश गर्न दिँदा असहज अवस्था आउन सक्ने भएकाले धैर्य गर्नुपर्ने उनको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]