२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

नम्बर नखुलेको गाडीले ठक्कर दिदा एकजनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

सागर थापा
दाङमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा नम्बर नखुलेको सवारी साधनकोको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ बर्षिय प्रकाश कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।
बिहान करिब २ बजे तिर गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ठक्करबाट घाइते भएका कुँवरको अवेर मात्रै उद्दार भएको थियो । बिहान ७ बजेर १५ मिनेटमा लमहीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजीकार्य तीब्र भैरहेको दाङ प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!