२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

शुक्रबारदेखि बिजुली मिनी बस सञ्चालनमा

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

ABC Sanchar
काठमाडाैं नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ।
श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रूपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरेका हुन्।
कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन्।
सो अवसरमा उनले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी स्वदेशी विद्युत्बाट सवारीसाधन सञ्चालन गर्दा वातावरणीय स्वच्छता कायम हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए।
विश्वका अधिकांश मुलुकहरूले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिएको अवस्थामा विद्युतीय सवारीसाधनलाई कर लगाउनु उपयुक्त होइन भन्दै पूर्व प्रधानमन्त्री नेपालले यस्ता सवारीलाई प्रोत्साहन पुग्ने गरी नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
२० सिट क्षमता रहेका ती मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट भित्र्याएको हो।
कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिकपावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एअर कण्डिसनर, मोबाइल चार्जर, एयरब्यागका साथै आरामदायी फोल्डिङ सिट छन्।
गाडीको अधिकतम् गति ११० किलोमिटर प्रतिघण्टा रहेको उनले जानकारी दिए।
बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईंले यस्ता किसिमका बिजुली बसले वातावरण संरक्षणमा योगदान गर्नुको साथै आफ्नै देशमा उत्पादित बिजुलीको खपत भई आयातित इन्धनको समेत प्रतिस्थापन हुने बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]