०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

शुक्रबारदेखि बिजुली मिनी बस सञ्चालनमा

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

ABC Sanchar
काठमाडाैं नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ।
श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रूपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरेका हुन्।
कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन्।
सो अवसरमा उनले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी स्वदेशी विद्युत्बाट सवारीसाधन सञ्चालन गर्दा वातावरणीय स्वच्छता कायम हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए।
विश्वका अधिकांश मुलुकहरूले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिएको अवस्थामा विद्युतीय सवारीसाधनलाई कर लगाउनु उपयुक्त होइन भन्दै पूर्व प्रधानमन्त्री नेपालले यस्ता सवारीलाई प्रोत्साहन पुग्ने गरी नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
२० सिट क्षमता रहेका ती मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट भित्र्याएको हो।
कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिकपावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एअर कण्डिसनर, मोबाइल चार्जर, एयरब्यागका साथै आरामदायी फोल्डिङ सिट छन्।
गाडीको अधिकतम् गति ११० किलोमिटर प्रतिघण्टा रहेको उनले जानकारी दिए।
बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईंले यस्ता किसिमका बिजुली बसले वातावरण संरक्षणमा योगदान गर्नुको साथै आफ्नै देशमा उत्पादित बिजुलीको खपत भई आयातित इन्धनको समेत प्रतिस्थापन हुने बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!