२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

हातमुख जोर्न फुटपाथमा व्यापार गर्दा नगर प्रहरीबाट तछाडमछाड

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

ABC Sanchar
काठमाडौंको न्युरोडस्थित बिशालबजार क्षेत्रमा फुटपाथ व्यापारी र काठमाडौ नगर प्रहरी वीच घम्साघम्सी भएको छ । नगर प्रहरीहरु आएर बिशालबजार अगाडी फुटपाथमा व्यापार गरिरहेकाहरुको सामान उठाएर लग्ने क्रममा घम्साघम्सी भएको हो । घम्साघम्सीका क्रममा फुटपाथ व्यापारीका सामानहरु छरपष्ट भएका छन् भने केही व्यापारी र सामानलाइ प्रहरीले नियन्त्रणमा पनि लिएको छ । यत्रो लकडाउनका बिच शहर खुलेको अबस्थामा दशै नजिकिदै गर्दा पनि हातमुख जोर्न नदिएर अन्याय गरेको व्यापारीको गुनासो छ । त्यस्तै नियम बिपरित सडकमा सामान राखेर हिड्ने बाटो अबरुद्ध पारेको प्रहरीको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]