१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

प्रदेश ५ मा प्रहरी हाइअलर्ट DIG धानुक भन्छन तस्करीमा मिलेमतो पाइए तत्कालै निलम्वन गर्छु

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

सागर थापा प्रदेश नम्बर ५ प्रहरीले अहिले प्रदेशभित्र प्रहरीलाई हाइ अलर्ट’ राखेको छ । कोरोनाभाइरस कोभिड१९ देखि लिएर आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले विशेष उच्च सर्तकता अपनाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।५ नम्बर प्रदेश प्रहरी प्रमुख भएर प्रहरी नायब महानिरीक्षक डीआईजी रवीन्द्र धानुक आएपछि प्रदेशको प्रहरी काम कारबाहीदेखि अन्य सुरक्षाको सवालमा नयाँ सुधारको काम हुन थालेको छ ।
कार्यभार सम्हालेलगत्तै कडारुपमा प्रस्तुत भएका डीआईजी धानुकले प्रदेशमा चोरीतस्करी बढेमा र त्यसमा प्रहरीको कुनै संलग्नता देखिए प्रहरी उपरीक्षक एसपी देखि प्रहरी जवानसम्मलाई तत्कालै निलम्वन गरेर कारवाही प्रक्रिया अघि बढाउने निति अख्तियार गरेका छन् ।
सोही कारण प्रहरीलाई आपराधिक क्रियाकलाप नियन्त्रणमा थप सफलता मिल्दै गएको प्रदेश ५ का प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी राजकुमार बैदवारले बताए ।डीआईजी धानुकले पछिल्लोपटक आफुलाई अविश्वास र कमाण्ड सम्हाल्न नसक्ने जस्तो लागेमा उनले विशेष अप्रेसन नजिकैका छिमेकी जिल्लाका एसपीलाई निर्देशन दिएर पनि नियन्त्रणमा ल्याउने गरेका छन् । त्यसको पछिल्लो उदाहरण दाङ भएर गएको १० किलो लागूऔषध अफिम दाङ प्रहरीलाई सुइँको समेत नदिएर बाँके प्रहरीबाट अप्रेसन चलाएर २ जना अभियुक्तलाई प्रदेश प्रहरीको विशेष निर्देशनमा नियन्त्रणमा लियो ।
प्रहरी कमाण्डमा अनूभवि र सफल मानिएका डीआईजी धानुकले प्रहरीको तल्लो युनिटदेखि जिल्ला हुँदै प्रदेशको पुरै प्रहरी संरचनालाई चलायमान बनाएको प्रदेश ५ का प्रदेश सभा सदस्य अमर डाँगिले बताए । उनले प्रदेश प्रहरीको कार्य सम्पादन सामान्य अवस्थामा भन्दा सन्तोषजनक रहेको भन्दै डाँगिले संघीय र प्रदेश प्रहरीका केही नितिगत समस्याका कारण प्रभावकारीरुपमा काम गर्न समस्या भएको दावि गरे ।
काठमाडौँ प्रहरी प्रमुख समेत भएका धानुक प्रदेशको प्रमुख भएर कमाण्ड सम्हालेयता प्रहरीलाई जनताको भावनासँग जोडेर प्रदेशको शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन सफल मानिएको डाँगिले बताए ।
सांसदका अनुसार प्रहरीको उच्च सक्रियता प्रदेशभरी नै बढेको छ । डीआईजी धानुकले अवैध सामान ओसारपसार नियन्त्रण, प्राकृतिक दोहनसहित क्रसरमाथि निगरानी, जेसीबी ट्याक्टर नियन्त्रण, फरार अपराधी पक्राउलगायतका गतिविधिलाई प्राथमिकतामा राखेका छन् । डीआईजी धानुककै कार्यकालमा तल्लो तहको प्रहरी जवानदेखि दर्जा अनुसारको भूमिकामा रहेका प्रहरी अधिकारीहरुसँग गुनासो सुन्नेदेखि लिएर सुखदुख भलाकुसारी कार्यक्रम पनि चलेको छ ।
लागूऔषध, जुवातास नियन्त्रणदेखि लिएर भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता धानुकले अपनाएका छन् । प्रहरीलाई प्रविधिमैत्रि बनाउनेदेखि पक्राउ परेका अभियुक्तलाई सिधै अदालत नलगेर भिडियो कन्फेरेन्समार्फत बयान गराउने काम पनि व्यवहारिक रुपमा सुरु गरेका छन् ।
सुशासनमा पनि प्रहरीलाई उभ्याउँदै आएका धानुक प्रहरी देखेर जनता डराउने होइन भर मान्ने र सुखदुखको साथीको रुपमा भावनाको विकास गराउने आफ्नो मुल अभिप्राय रहेको बताउँछन् ।
५ नम्बर प्रदेशमा हातहतियार नियन्त्रण, सडक दुर्घटना न्यूनिकरण गर्न लेजर गनबाट गति नाप्नेदेखि लिएर विभिन्न प्रकारका सकारात्मक र सचेतनामूलक अभियानहरु सञ्चालनमा ल्याएको दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले बताए । उनले पछिल्लो पटक दाङसंग जोडिएको भारतिय सिमाक्षेत्रमा सशस्त्रको युनिट राखेपछि दाङमा भारतिय नाकावाट हुने चोरी तस्करी नियन्त्रणमा आएको बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासिका डिएसपि राजु लामाले प्रदेश प्रहरी प्रमुखको निर्देशन अहिले चोरी तस्करी नियन्त्रण र कोभिडलाई विशेष प्राथमीकता दिएर अघि बढ्ने रहेकाले सोही अनुसार काम भइरहेको बताए । उनले नयाँ डिआइजि आएपछि काम कारवाहीमा सहयोगि नै भुमिका खेलेको पनि बताए । यसैगरेर कपिलबस्तुका प्रहरी प्रमुख एसपि नवराज पोख्रेलले जिल्लामा चोरी तस्करी नियन्त्रण गर्ने विषयमा डिआइजिवाट स्पष्ट निर्देशन आएको र सो अनुसार प्रहरी टोलि खटाईएको बताए । उनले भारतिय सिमासंग जोडिएका जिल्ला भएकाले पनि थप सजगता अपनाईएको उल्लेख गरे । डिआइजि धानुक प्रदेश प्रहरी प्रमुख भएर आएपछि काम गर्न निकै सहज भएको एसपि चन्दको अनुभव छ । धानुकले प्रदेश ५ मा पर्ने तराई क्षेत्रमा प्रदेश प्रहरी कार्यालयवाट विशेष निगरानि गर्न टास्क फोर्स पनि भित्रभित्रै छुट्टै परीचालन गरेका छन ्। त्यस्तै रुपन्देहीका प्रहरी प्रमुख प्रविण पोखरेलले पनि तराईसंग जोडिएका विभिन्न भारतिय नाकाहरुवाट हुने अवैध काम नियन्त्रण गर्न कडारुपमा प्रदेश प्रहरी कार्यालयवाट निर्देशन आएको भन्दै आफु आएको १५ दिनमा केही उपलब्धिमुलक काम पनि भएको बताए । उनले शंका लागेका ठाउहरुमा प्रहरीले आफ्नो उपस्थिती बढाउदै लगेको गैरकानुनि कामहरु नियन्त्रण गर्न स्पष्ट निर्देशन आइसकेकाले अव काम गरेर देखाउने दायित्व आफुहरुको काधमा आएको बताए ।
प्रदेशमा आउने नयाँ प्रहरीलाई कार्यक्षेत्रमा जानुपूर्व अनुशिक्षण, डिजिटल चेक प्वाइन्ट, लामो दुरीका सवारी साधन चलाउने चालक, सह चालकलाई प्रदेशका विभिन्न ठाउँहरुमा रिफ्रेसमेन्ट दिने कार्य भइरहेको घोराही उपमहानगरपालिकाकि उपमेयर सिता सिग्देल न्यौपानेले बताइन् । उनले प्रहरीको काम कारवाही सकारात्मक रहेको भन्दै स्थानीय तहसंग मिलेर काम भइरहेको पनि बताइन् । प्रहरीले शान्ति सुरक्षाको सवालमा निर्वाह गरेको भुमिका प्रंससनिय रहेको पनि न्यौपानेको भनाई छ । प्रहरी कार्यालयमा पीडित सहजै छिर्न सहज होस र न्याय सम्पादनमा सहजता थप्न छुट्टै गेट बनाएर त्यहाँबाट पीडितलाई प्रवेश गराउनुका साथै पीडितमैत्रि सेवा प्रदान गर्न सहायता कर्मचारी, पीडितमैत्रि भ्यानसमेत तयारी अवस्थामा राखिएको एसएसपी वैदवारले जानकारी दिए ।
धानुक आएपछि प्रहरीभित्र धेरै सुधारका कामहरु भएको र केही सुधारका कामहरु देखिन थालिसकेको अनुभव पनि सुनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]