२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

पोखरामा जबरजस्ती चन्दा उठाउँदै हिड्ने दुईजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७


ABC Sanchar
पोखरा महानगरपालिका-६ हल्लन चोकबाट जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-७ मोतीडाँडा घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-७ मनमैंजु बस्ने रबिन केसी भन्ने २७ वर्षीय ध्वजबहादुर रावत र रोल्पा गंगादेबी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ गोंगबु बस्ने २२ वर्षीय रामकुमार डाँगी रहेका छन् ।
उक्त स्थानमा जबरजस्ती चन्दा असुली गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई चन्दा बापत लिएको नगद १ लाख रुपैयाँ, ४ थान मोबाईल, १ थान मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको १ थान नगदी रसिदसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!