०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पश्चिम् दाङमा जनमोर्चा प्रवेश गर्ने युबाहरु लहर

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

सागर थापा दाङको बङगलाचुली गाउपालिकामा दर्जनौं युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेकाछ्न गाउपालिकाको मुकाम कमिरेचौरमा प्रवेश कार्यक्रम आयोजना गरि बिगतमा डबल नेकपा र नेपाली काङ्ग्रेसमा आवद्ध रहि काम गरेका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन । प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले समाजलाइ बिकृती र भ्रष्टाचार मुक्त
बनाउनको लागि सम्पुर्ण युबाहरु राष्ट्रिय जनमोर्चामा आवद्ध हुनु पर्ने कुरा बताउनु भयो । पालिका र जिल्लालाई नै सबैखाले बेथितिबाट मुक्त गराउनको लागि जिल्ला ब्यापी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने लहर चलेको बताउदै यसलाई अझै घनिभुत रुपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो । बङगालाचुली गाउपालिका प्राकृति श्रोतका हिसाबले सबैभन्दा धनी भएर पनि जनताको जीवन शैली सबैभन्दा गरीब भएको ले यसको अन्त्यको लागि युबाहरुको अग्रसरताको खाचो भएको कुरा बताउनु भयो । उक्त कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुमा सुमन घर्ती, पीरम नेपाली , यमबहादुर घर्ती, सुनिल घर्ती, गोलु बुढा, इस्वर मगर, कमल के सि, मिनराज घर्ती, बिबेक बुढा मगर, पुरन घर्ती, हिमलाल घर्ती, तारासिह घर्ती मगर, भोपाल बुढा, देबराज घर्ती, सुरज घर्ती, चन्द्र बुढा, बिम बहादुर थापा, वसन्त तिबारी, माधब राना, नवीन बुढा, प्रेम खडका, हुकुम तिबारी, नरबहादुर जि सि, राजन घर्ती, भिम तिबारी, सन्तोष परियार, पदम खडका, मिनराज पौडेल , श्रीधर भण्डारी , डोमबहादुर बुढा, तिलक नेपाली , बिनोद बुढा, कमला के सि, सलिना परियार, उषा खडका, केसरा घर्ती टिकाराम तिबारी, बिस्ना बुढा, प्रेमलाल घर्ती भुमा बुढा , मीन बहादुर डागी, सुरेश डागी, मेघराज खत्री, लगायत दर्जनौं रहनु भएको छ । सुमन घर्तीको अध्यक्षतामा भएको प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले सबैलाइ अबिर लगाइ पार्टीको सदस्यता प्रदान गर्नु भएको थियो । अखिल नेपाल युबक संघका जिल्ला सदस्य डोर बहादुर के सि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का जिल्ला सचिब तुलसिराम पन्थिले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!