२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सरकारद्वारा पत्रकार एवं साहित्यकार प्रियासन विभूषित

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

सागर थापा
काठमाडौं नेपाल सरकारले संबिधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकारलाई विभूषित गर्ने निर्णय गरेको छ । पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गर्न थालिएको हो । प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशक/सम्पादक हुनुहुन्छ । त्यस्तै उहाँ प्रेस संगठन प्रदेश ५ को संयोजक समेत रहनुभएको छ । नेपाल पत्रकार महासंघ दाङको दुई कार्याकाल सचिव र एक कार्यकाल सल्लाहकार रहेर काम गर्नुभएका प्रियासन छोटो समयमा पत्रकारितामा राष्ट्रिय रुपमै स्थापित पत्रकारको रुपमा चिनिनुहुन्छ । उहाँ उपन्यासकार समेत हुनुहुन्छ । प्रियासनका हालसम्म आधा दर्जनभन्दा बढी उपन्यासहरु प्रकाशित भइसकेका छन् । विभिन्न पुस्तक महोत्सवहरुमा प्रियासनका उपन्यासहरु अत्यधिकरुपमा बिक्री बितरण भइरहेका छन् ।
२०६२/०६३ को जनआन्दोलन अघि साहित्य क्षेत्रमा कलम चलाउने प्रियासन त्यसताकाबाट पत्रकारितामा पनि क्रियाशिन हुनुहुन्छ । उहाँ जनआन्दोलनमा समेत सक्रिय सहभागि हुनुहुन्थ्यो । प्रियासन विभिन्न दर्जनभन्दा बढी सामाजिक संघ सस्थाहरुमा आवद्ध हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!