२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पुराना कानुनहरु संशोधन गर्दै जानुपर्छ प्रजिअ – रिजाल

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

ABC Sanchar
दाङ तुलसीपुर जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मुलुक संघिय प्रणालिमा गईसकेको हुँदा पुराना कानुनहरु संशोधन गर्दै जानुपर्ने बताउनुभयो । पुराना कानुनहरु अहिले नया संरचना अनुसार उपयुक्त नभएको भन्दै संशोधन गर्नुको बिकल्प नभएको उहाँको धारणा थियो । साथै उहाँले जनताको चाहाना र अपेक्षा अनुसार स्थानिय प्रशासनले सहजिकरणको भुमिका खेल्नुपर्ने बताउनु भयो ।
रोटरी क्लब अफ तुलसीपुर सिटिको आयोजनामा सम्पन्न कार्यक्रममा अतिथी वक्ताको रुपमा उपस्थित हुनु भएका प्रमुख जिल्ला अधिकारी रिजालले जिल्लामा सुशासन कायम गर्न सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।
सुशासन, पारदर्शिता र शान्ति सुरक्षा कायम गर्न स्थानियको सहयोग प्राप्त भयो भने कानुन कार्यान्वयन गराउन सहजता प्राप्त हुने उहाँको भनाइ थियो । साथै उहाँले रोटरीले समाजमा गरेको योगदानको समेत खुलेर प्रशंसा गर्नुभयो ।
रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालको जिवनी र उहाँको व्यक्तित्वको बारेमा पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले प्रकाश पार्नुभएको थियो ।
क्लबका प्रस्तावित अध्यक्ष यज्ञ बहादुर केसीले स्वागत गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष देव बहादुर केसीले क्लबले गरेका सामाजिक गतिविधीको बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा क्लवका भाबी अध्यक्ष शिव श्रेष्ठ पूर्वअध्यक्ष कुशल तर्ताल, अनुप कुमार श्रेष्ठ, बिमल रिजाल, ललित बहादुर घर्ती लगायतको उपस्तिथी थियो ।
क्लबका सहसचिव बुद्ध प्रकाश सिंहले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजिकरण सचिव देवेन्द्र केसीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]