१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

असोज ५ गतेदेखि नेपालगन्ज विमानस्थलबाट नियमित उडान हुने

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

महेन्द्र सिंह
बाँके नेपालगन्ज विमानस्थलले आन्तरीक हवाई उडान सुरु गर्ने भएको छ । लामो समयदेखी बन्द रहेको उडानलाई असोज ५ गतेदेखी नियमित गर्ने तयारी गरीएको विमानस्थल स्रोतले जनाएको छ । हवाई यात्रा शुरु हुने मिति तोकेसंगै टिकट बुकिङ शुरु भएको बुद्ध एयर नेपालगन्जका स्टेशन म्यानेजर बिनित विक्रम शाहले जानकारी दिए ।
अहिले न्यूनतम भाडा काठमाण्डौका लागि पाँच हजार २ सय ५५ तोकिएको छ । बुद्ध जस्तै अन्य एयरलाईन्सले पनि प्लेन उडाउने तयारी गरिरहेका छन् ।
नेपालगन्ज विमानस्थलमा मापदण्ड अनुसारको व्यवस्थापन गरिएको छ । नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ । यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरलाइन्सलाई बुझाउनुपर्ने छ । सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ।
यस्तै यात्रुले पालना गर्नुपर्ने नियमका सन्दर्भमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्नुपर्नेछ ।
विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरूले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनुपर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!