२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

असोज ५ गतेदेखि नेपालगन्ज विमानस्थलबाट नियमित उडान हुने

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

महेन्द्र सिंह
बाँके नेपालगन्ज विमानस्थलले आन्तरीक हवाई उडान सुरु गर्ने भएको छ । लामो समयदेखी बन्द रहेको उडानलाई असोज ५ गतेदेखी नियमित गर्ने तयारी गरीएको विमानस्थल स्रोतले जनाएको छ । हवाई यात्रा शुरु हुने मिति तोकेसंगै टिकट बुकिङ शुरु भएको बुद्ध एयर नेपालगन्जका स्टेशन म्यानेजर बिनित विक्रम शाहले जानकारी दिए ।
अहिले न्यूनतम भाडा काठमाण्डौका लागि पाँच हजार २ सय ५५ तोकिएको छ । बुद्ध जस्तै अन्य एयरलाईन्सले पनि प्लेन उडाउने तयारी गरिरहेका छन् ।
नेपालगन्ज विमानस्थलमा मापदण्ड अनुसारको व्यवस्थापन गरिएको छ । नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ । यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरलाइन्सलाई बुझाउनुपर्ने छ । सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ।
यस्तै यात्रुले पालना गर्नुपर्ने नियमका सन्दर्भमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्नुपर्नेछ ।
विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरूले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनुपर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!