२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ प्रहरीले २ महिनामा १७ जना फरार अभियुक्तहरु पक्राउ

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

सागर थापा जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न अपराधमा गरी फरार भएका १७ जनालाई पक्राउ गरेको छ । चालु आर्थिक बर्षको २ महिनामा प्रहरीले विभिन्न मुद्धाको अभियोग लागेका १७ जनालाई पक्राउ गरि कानुनी प्रकृया अनुसार कार्वाही थालेको हो ।
२०६८ साल देखी पछि विभिन्न समयमा अपराध गरी फरार भएका १४ जना पुरुष र ३ जना महिलालाई पक्राउ गरिएको दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छ्न ।
पक्राउ पर्नेहरुमा कतव्र्य ज्यान मुद्धाका सन्तुराम चौधरी, पुण्यप्रसाद चौधरी, विनोद विक, नरेश बुढाथोकी र सुरेश नेपाली रहेका छन् । त्यस्तै जवरजस्ती करणि मुद्धामा शरद शिलवाल, सन्दीप चौधरी र अनिल घर्ती, सार्वजनिक शान्ति विरुद्धको कसुरमा किशोर विक र कृष्ण विकलाई पनि प्रहरीले पक्राउ गरेको छ । यसैगरी, लेनदेन मुद्धामा गिता डाँगी, पूर्णबहादुर भण्डारी, मनिषा पाण्डे धिताल, चेक अनादरमा धनमाया बुढा, चोरीमा विक्रम नेपाली, हरिबहादुर नेपाली र मोटरसाईकल चोरीमा कृष्ण घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई मुद्धा अनुसार अनुसन्धान प्रकृया अघि बढाईएको डिएसपी खड्काले जानकारी दिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!