०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

दाङ प्रहरीले २ महिनामा १७ जना फरार अभियुक्तहरु पक्राउ

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

सागर थापा जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न अपराधमा गरी फरार भएका १७ जनालाई पक्राउ गरेको छ । चालु आर्थिक बर्षको २ महिनामा प्रहरीले विभिन्न मुद्धाको अभियोग लागेका १७ जनालाई पक्राउ गरि कानुनी प्रकृया अनुसार कार्वाही थालेको हो ।
२०६८ साल देखी पछि विभिन्न समयमा अपराध गरी फरार भएका १४ जना पुरुष र ३ जना महिलालाई पक्राउ गरिएको दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छ्न ।
पक्राउ पर्नेहरुमा कतव्र्य ज्यान मुद्धाका सन्तुराम चौधरी, पुण्यप्रसाद चौधरी, विनोद विक, नरेश बुढाथोकी र सुरेश नेपाली रहेका छन् । त्यस्तै जवरजस्ती करणि मुद्धामा शरद शिलवाल, सन्दीप चौधरी र अनिल घर्ती, सार्वजनिक शान्ति विरुद्धको कसुरमा किशोर विक र कृष्ण विकलाई पनि प्रहरीले पक्राउ गरेको छ । यसैगरी, लेनदेन मुद्धामा गिता डाँगी, पूर्णबहादुर भण्डारी, मनिषा पाण्डे धिताल, चेक अनादरमा धनमाया बुढा, चोरीमा विक्रम नेपाली, हरिबहादुर नेपाली र मोटरसाईकल चोरीमा कृष्ण घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई मुद्धा अनुसार अनुसन्धान प्रकृया अघि बढाईएको डिएसपी खड्काले जानकारी दिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!