१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

बाँके प्रहरीले पालना गर्नुपर्ने आचार संहिता कार्यादेश सम्बन्धी तालीम सम्पन्न

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

महेन्द्र सिंह
बाँके नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जारी गर्नु भएको “नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहित सम्बन्धी कार्यादेश २०७७” सम्बन्धी आज मिति २०७७।०६।०३ गते यस कार्यालय मातहत प्रहरी युनिटका युनिट ईन्चार्जहरुलाई “नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहित सम्बन्धी कार्यादेश २०७७” सम्बन्धी प्र.नि.सुरज खत्रीद्वारा अनुशिक्षण तालीम प्रदान गर्नुका साथै उक्त तालीममा जन सम्पर्क तथा भेटघाट, आचार संहिताका सामान्य सिद्धानतहरु, अनुशासन, आचरण, भाईचारा र व्यवहार, कानूनको कार्यान्व्यन र मानव अधिकार, संचार माध्यम, सामाजिक संजाल र गोपनियता, प्रहरी पोशाक प्रयोग, कार्यालय संचालन, सेवाग्राही संगको व्यवहार, गुनासो व्यवस्थापन सम्बन्धी प्रशिक्षण गरिएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!