०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

संचारकर्मी जनक रावलकाे म माया लाउँदिन बजारमा

Logo
प्रकाशित आइतबार, आश्विन ०४, २०७७

दाङ सञ्चारकर्मी जनक रावलले आफ्नाे एल्बम ‘निश्चल.. प्युरनेस अफ हर्ट द म्युजिक’ मार्फत ‘म माया लाउँदिन’ बाेलकाे गीत सार्वजनिक गरेका छन् ।
कथा, कविता, गीत, गजल लेखन तथा रेडियाे कार्यक्रम प्रस्ताेता र पत्रपत्रिकामा विभिन्न लेखहरू लेख्दै आएका रावल करिब १ दशकपछि गीत रचनामार्फत दर्शकस्राेतामाझ आएका हुन् । शब्द, संगीत र गायन निकै सशक्त रहेकाे म माया लाउँदिनमा नृत्यकाे नाैलाे प्रयाेग हेर्न पाइने छ ।
किरण माइकल घिमिरेले संगीत गरेकाे याे गीतमा युवा पुस्ताका चर्चित गायक प्रताप दासले स्वर दिएका छन् भने बुढासुब्बा डिजिटलले याे याे गीत बजारमा ल्याएकाे हाे ।
स्कुलमा सँगै पढ्ने केटाकेटीबीचकाे माया झैं लाग्ने भावना पैदा हुने तर तर वास्तवमा त्याे माया नभई सामान्य फिलिङ्स मात्रै भएकाे र साे साकार नहुँदा पनि कुनै फरक नपर्ने र मित्रता पनि नछुट्ने सन्देश गीतमार्फत दिन खाेजिएकाे छ ।
फिट अफ फायरका मन थापाकाे नृत्य निर्देशनमा रहेकाे गीतकाे म्युजिक भिडियाेमा निश्चल र निकिशाले अभिनय गरेका छन् । सुरेश बज्राचार्यकाे सिनेम्याटाेग्राफी रहेकाे भिडियाेकाे सम्पादन तारा थापा किम्भेले गरेका छन् ।
यसैगरी पाेस्ट प्राेडक्सनकाे काम क्लासिक सिने युनिभर्सका राम कार्की र हेमा फिल्मसका मिथिलेश श्रेष्ठले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही-३ का रास्वपा कार्यकर्ताहरु धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो । रास्वपाको उम्मेदवार छनौट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेको डाक्टर अमरेश […]

कैलाली । नेपाली काङ्ग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । कैलाली-१ मा जनकराज चौधरी, २ मा विजय स्वाँर, ३ मा भीम बडुवाल र ४ मा वीरबहादुर बलायर उम्मेदवार चयन भएका छन् । यस्तै, कैलाली-५ बाट नारायण शाह उम्मेदवार बनेका छन् । शाह नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कांग्रेस कैलालीका पूर्व […]

काठमाडौं । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले आज प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएका हुन्। उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ। कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन्।

error: Content is protected !!