२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङ प्रहरीले ब्राउन सुगरसहित एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन ०५, २०७७


सागर थापा                                                         जिल्ला प्रहरी कार्यालय दाङले लागु औषध ब्राउन सुगरसहित दाङ अमिलियाबाट एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ११ भट्टी टोल निवासी ३५ बर्षीय महिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन। आइतबार बेलुका साढे ८ बजेतिर लमही नगरपालिका वडा नं. ९ को अमिलियाबाट ३२५ ग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई पक्राउ गरेको हो पक्राउ परेका अन्सारी माथि थप अनुसन्धान भइरहेको दाङ एसपी चंन्दले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!