०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

घोराही मुर्कुट्टी सडकमा यात्रा गर्ने नागरिक सास्ती भोग्दै कहिलेसम्म?

Logo
प्रकाशित सोमबार, आश्विन ०५, २०७७

सागर थापा दाङ                                             जिल्लाको सदरमुकाम घोराही सङ्ग जोडिएको तर जिल्ला कै दुर्गम र पाहाडी पालिका बङगलाचुली गाउपालिका जाने सडक अहिले हिलाम्य छ ।
गर्मी र हिउदको सिजनमा धुलोमा नदेखिने यात्रुहरु अहिले हिलोले पुरिने अबस्थामा छन । दैनिक जसो यात्रा गर्ने मोटरसाइकल यात्रुहरुको मोटरसाइकलको मोगराटमा हिलो छिरेर टायर नघुम्दा दुर्घटना हुने इन्जन सिज हुने , टिप्परमा पनि त्यही अबस्था भएर ठूलो क्षति हुने गरेको छ । बाटोमा गाडी नै डुब्ने गरि हिलो छ । सडक निर्माणको नाममा बर्खामा माटो खनेर बाटोमा राख्ने र त्यही माटो गाडीले यता उता सार्ने, पानीका भलहरु लाई बाटो तर्काउनुको साटो बाटोमा कतै भएका पानीका मुलहरु पनि बाटो तिरै लगाइदिने जस्ता कारण बाटोमा समस्या उत्पन्न भएको छ । यसमा बाटो निर्माण कम्पनी र सडक बिभागको जिम्मेवारी पन कत्ती पनि देखिदैन ।
बङगलाचुली गाउपालिका चुन ढुङ्गा को खानी हो । त्यहा बाट अनियन्त्रित रुपमा सरकारी मापदण्ड र सहमती बिपरित उत्खनन गर्ने काम भइराखेको छ । त्यहा काम गर्ने नेपाली मजदुर उचित सुबिधा पाइरहेको अबस्था छैन । सिमेन्ट उधोग र स्थानीय बिच भएका कुनै पनि सम्झौता पूरा भएका छैनन । त्यहाका नागरिक सहज यात्रा गर्न समेत पाइरहेका छैनन । प्राकृतिक श्रोतकाहिसाबले जिल्ला कै धनि पालिका रहेर पनि नागरिकको जीवन शैली जिल्लाकै गरिब जस्तो देखिन्छ । तर सरकारमा बस्नेहरु त्यहाका नागरिकको जीवन बदल्ने कुनै काम गर्न सकेका छैनन । यो परकारको अबस्था र सास्ती त्यहाका नागरिक कहिले सम्म भोग्ने ? सरकार यो विषयमा गम्भीर बन्न जरुरी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!