२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको टरिगाउँमा यात्रु नभए पछी जहाज आएन

Logo
प्रकाशित सोमबार, आश्विन ०५, २०७७

तेज वली ,                                                             दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थल आजदेखि सञ्चालनमा आउने भनिएपछि यात्रु नभएपछि उडान रोकिएको छ । नेपाल एयरलाईन्सका तुलसीपुर प्रुमख नेमकान्त लम्सालका अनुसार एक जना पनि यात्रु नभएपछि उडान रोकिएको छ ।
हिजो १ बजे मात्रै टिकेट खुल्ला गरिएकाले आज यात्रुहरु नभएको उनले बताए । दाङबाट जाने यात्रु पनि नभएको र काठमाडौंबाट आउने यात्रु पनि नहुँदा उडान अबरुद्ध भएको हो । कोभिडका कारणले लामो समयदेखि अबरुद्ध हवाई सेवा आज देखि सञ्चालन गर्ने तयारी गरिएको थियो । अहिले कोभिडको त्रासले गर्दा यात्रुहरु पनि कम हुने भन्दै हप्तामा तीन दिन मात्रै उडान गर्ने उनले बताए ।
सोही अनुसार सोमबार उडान नभएपछि बुधबार र शुक्रबार हुने उडानकालागि तयारी भएको उनले बताए । उनका अनुसार केही समय यात्रु कम हुँदा सम्मकालागि सोमबार, बुधबार र शुक्रबार मात्रै हवाई उडान सुरु गर्ने तयारी रहेको उनले बताए । जहाजको दाङ-काठमाडौको भाडा ५ हजार ७ सय ७० भएको छ भने काठमाडौको भाडा ५ हजार ९ सय ६० रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]