०२ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

दाङको टरिगाउँमा यात्रु नभए पछी जहाज आएन

Logo
प्रकाशित सोमबार, आश्विन ०५, २०७७

तेज वली ,                                                             दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थल आजदेखि सञ्चालनमा आउने भनिएपछि यात्रु नभएपछि उडान रोकिएको छ । नेपाल एयरलाईन्सका तुलसीपुर प्रुमख नेमकान्त लम्सालका अनुसार एक जना पनि यात्रु नभएपछि उडान रोकिएको छ ।
हिजो १ बजे मात्रै टिकेट खुल्ला गरिएकाले आज यात्रुहरु नभएको उनले बताए । दाङबाट जाने यात्रु पनि नभएको र काठमाडौंबाट आउने यात्रु पनि नहुँदा उडान अबरुद्ध भएको हो । कोभिडका कारणले लामो समयदेखि अबरुद्ध हवाई सेवा आज देखि सञ्चालन गर्ने तयारी गरिएको थियो । अहिले कोभिडको त्रासले गर्दा यात्रुहरु पनि कम हुने भन्दै हप्तामा तीन दिन मात्रै उडान गर्ने उनले बताए ।
सोही अनुसार सोमबार उडान नभएपछि बुधबार र शुक्रबार हुने उडानकालागि तयारी भएको उनले बताए । उनका अनुसार केही समय यात्रु कम हुँदा सम्मकालागि सोमबार, बुधबार र शुक्रबार मात्रै हवाई उडान सुरु गर्ने तयारी रहेको उनले बताए । जहाजको दाङ-काठमाडौको भाडा ५ हजार ७ सय ७० भएको छ भने काठमाडौको भाडा ५ हजार ९ सय ६० रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!