२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङमा बन रक्षकले ११५ क्यूफिट काठसहित एकजना पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन ०६, २०७७


ABC Sanchar
दाङ डिभिजन वन कार्यालय दाङ र पुरन्धारा सव डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले सोमबार बबई गाँउपालिका वडा नं. ४ जौबारीमा अवैद्य चिरान काठ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाँउपालिका वडा नं. ४ निवासी २३ बर्षीय नवराज खत्री रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिए ।
विनाईजाजत अवैद्य वन पैदावार हानी नोक्सानी, लुकाई छिपाई राखेको र ओसार पसार गर्न लागेको सुचना विशेष सुराकी संयन्त्रबाट प्राप्त भए पछि पुरन्धारा सव डिभिजन वन कार्यालयका सहायक बन अधिकृत सिद्धान्त बरालको नेतृत्वमा सहायक वन अधिकृतहरु. संयोग वस्नेत र विष्णु प्रसाद लामिछाने र सशस्त्र वन रक्षक सहितको गस्ती टोलि परिचालन गरिएको थियो ।
गस्ती टोली छारा संकित स्थानको करीव ५ घण्टाको निरन्तर खोजतलास पछि बबई गाँउपालिका वडा नं. ४ अन्तर्गतको जौवारी भन्ने स्थानमा रहेको नवराज खत्रीको घर करेसाबाट साल जातका गोलिया थान ६ को ६.४० क्यू.फिट र ऐ.ऐ. वस्ने भुपाल रोकाको घर करेसामा फेला पारेको चिरान काठ ६.८३ क्यू.फिट गरी जम्मा १३.३३ क्यू.फिट काठ गस्ती टोलिको निरन्तर १७ घण्टाको प्रयास पछि बरामद गरि बरामद गरिएको काठ ट्याक्टरमा लोड गराई पुरन्धारा सव डिभिजन वन कार्यालय परिसरमा सुरक्षित राखिएको छ ।
त्यसै गरि बबई गाँउपालिका वडा नं. ४ स्थित खाल्टे भन्ने स्थान सोही गस्ती टोलीले गेदलाल बुढाथोकिको छोरा बल बहादुर बुढाथोकिले वन क्षेत्रमा अतित्रमण गरि बनाएको छाप्रो भेटीएकोमा खानतलासी गर्दा साल जातको अवैद्य चिरान काठ थान ६२ को १०१.५० क्यू.फिट बरामद गरि काठ लुकाउन बनाईएको काठको अस्थायी छाप्रो स्थानियहरुको रोहबरमा भत्काईएको जानकारी स.व.अ. सिद्धान्त बरालले बताए ।
घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धानको शिलसिलामा डिभिजन वन कार्यालयमा राखिएको र घटनाका बारेमा विस्तृत अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकिएकोले घटनाका बारेमा विस्तृत अनुसन्धान भईरहेको जानकारी डिभिजनल वन अधिकृत विजयराज सुवेदीले दिए ।
अतिक्रमण गर्नेलाई वन ऐन २०७६ बमोजिम पाँच वर्ष कैद र विगो असुल गरि १ लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको डिभिजनल वन अधिकृत सवेदीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!