२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रुकुमका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्रीहरु सहयोग

Logo
प्रकाशित बुधबार, आश्विन ०७, २०७७

ABC Sanchar रुकुम कोरोना महामारी बेलामा पनि दिनरात नागरिकको सुरक्षामा खटिने प्रहरीलाई जि पि कोइराला अध्ययन केन्द्रको सहयोग र नेपाल विद्यार्थी संघ रुकुमको सहजिकरणमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र सशस्त्र प्रहरी बल रुकुम पश्चिममा केही स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
जसमा सर्जिकल मास्क १५०० थान र सेनिटाइजर ठुलो र सानो गरि २५ थान हात धुने डिटोल १२ थान प्रदान गरिएको हो । जि पि कोइराला अध्ययन केन्द्र रुकुम पश्चिमका अध्यक्ष नवराज अाेली र नेपाली काग्रेस रुकुमका कोषाध्यक्ष मोहबिर खड्का नेपाल विद्यार्थी सघं रुकुम पश्चिमका सभापति लाल बहादुर अाेली लगायतका युवाहरुले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारि कबिराज रोका र सशस्त्र प्रहरी बल रुकुम पश्चिमका प्रमुख डिएसपी प्रेमसिङ धामि लाई स्वास्थ सामग्री हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण गर्दै संख्या भन्दा यसको सन्देश महत्वपूर्ण रहेको बताएका छ्न । विशेष समय र परिस्थितिमा एकअर्काको लागि हातेमालो हुनुले चुनौति सामना गर्न सबै क्षेत्र सँगसँगै रहेको सन्देश प्रवाह हुने जि पि कोइराला अध्ययन केन्द्रले रुकुम पश्चिमले बताएको छ ।
कार्यक्रममा नेपाल विद्यार्थी सघं रुकुम पश्चिमका सचिब तिलक डाँगी नेबिस रुकुमका उपाध्यक्ष भिम बहादुर खड्का नेबिस रुकुमका युवा नेता सोभिराम केसि लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]