०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

दाङ प्रहरीले आर्थिक वर्षको २ महिनामा लागूऔषध मुद्दामा २४ जना पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन ०७, २०७७

सागर थापा
जिल्ला प्रहरी कार्यालय दाङले चालु आर्थिक वर्षको २ महिनामा जिल्लामा छुट्टाछुट्टै ६ वटा लागूऔषध मुद्दा चलिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दका अनुसार चालु आर्थिक वर्षको असोज ५ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट लागूऔषध कारोवारमा संलग्न २४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २१ जना पुरुष र ३ जना महिलाहरु रहेको दाङ प्रहरी प्रमुख चंन्दले जानकारी दिएका छन् जस अनुसारका १५ केजी चरेसहित ४ जना पुरुष र २ जना महिला, ६ केजी ९६७ ग्राम चरेससहित ४ जना महिला र २ जना महिला, ९५ ग्राम ८९० मिलिग्राम ब्राउनसुगरसहित दश जना र ३२५ ग्राम ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरिएको
जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी लागूऔषध ब्राउन सुगर बरामद भएको दाङ प्रहरी प्रमुख एसपी चंन्द्ले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!