०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

दाङ प्रहरीले आर्थिक वर्षको २ महिनामा लागूऔषध मुद्दामा २४ जना पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन ०७, २०७७

सागर थापा
जिल्ला प्रहरी कार्यालय दाङले चालु आर्थिक वर्षको २ महिनामा जिल्लामा छुट्टाछुट्टै ६ वटा लागूऔषध मुद्दा चलिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दका अनुसार चालु आर्थिक वर्षको असोज ५ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट लागूऔषध कारोवारमा संलग्न २४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २१ जना पुरुष र ३ जना महिलाहरु रहेको दाङ प्रहरी प्रमुख चंन्दले जानकारी दिएका छन् जस अनुसारका १५ केजी चरेसहित ४ जना पुरुष र २ जना महिला, ६ केजी ९६७ ग्राम चरेससहित ४ जना महिला र २ जना महिला, ९५ ग्राम ८९० मिलिग्राम ब्राउनसुगरसहित दश जना र ३२५ ग्राम ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरिएको
जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी लागूऔषध ब्राउन सुगर बरामद भएको दाङ प्रहरी प्रमुख एसपी चंन्द्ले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]