२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

माग पुरा नभएपछी प्रहरी अस्पतालका ४२ डाक्टरद्धारा सामूहिक राजीनामा

Logo
प्रकाशित बिहिबार, आश्विन ०८, २०७७

ABC Sanchar काठमाडौं नेपाल प्रहरी अस्पतालका ४२ जना डाक्टरले आफ्ना समस्या समाधान नभको भन्दै सामूहिक राजीनाको घोषणा गरेका छन । अध्ययनका लागि नियमावली संशोधन गरी समयमै पास नहुँदा आफूहरुलाई समस्या परेको भन्दै डाक्टरहरुले पत्र लेख्दै सामूहिक राजीनामा बुझाएका हुन । अस्पतालका मेडिकल डाइरेक्टरलाई सम्बोधन गर्दै बुधबार लेखेको पत्रमा उनीहरुले अध्ययन अवधिमा हेरफेर गरेको संशोधन नियमावली तत्काल पास हुनुपर्ने माग गरेका छन् ।
उनीहरुले विगतको नियमावली संशोधन गरी ३ वर्षमै अध्ययन गर्न नमिल्ने व्यवस्था गरी अध्ययन अवधिमा हेरफेर गरिएको र त्यससम्वन्धी संशोधन प्रक्रिया मन्त्रिपरिषदमा पुगेर अड्केकाले आफूहरु समस्यामा परेको बताएका छन् ।
संशोधनका लागि प्रक्रिया अघि बढेको प्रस्ताव तुरुन्त पास गर्नका लागि आवश्यक पहल गरिदिन अस्पतालका मेडिकल डाइरेक्टरलाई अनुरोध गरेका छन् । सो ‘संशोधन प्रस्ताव पास नभए सेवामा रहन नसक्ने भन्दै यसै पत्रमार्फत राजीनामा दिएको’ बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]