१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

सिँचाइ आयोजनाका निर्देशक ११ लाख घुससहित पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०८, २०७७

ABC Sanchar
काठमाडौं कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरणका आयोजना निर्देशकलाई ११ लाख घुससहित पक्राउ परेका छन्।
आयोजनाका कायम मुकायम आयोजना निर्देशक प्रचण्डदेव विष्टलाई ११ रुपैयाँ लाखसहित काठमाडौं सुन्धारास्थित एक होटलबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्।
होटेल इसन प्रालिबाट उनलाई प्रहरीले बिहीबार पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिरासतमा लिइ छानबिन थालेको अधिकारीले बताए।
बरामद रकम उनले घुसबापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको हो। विष्टले बरामद रकमको स्रोत खुलाउन नसकेका अधिकारीले बताए। उनले आयोजनाका ठेकदारहरुसँग त्यो रकम लिएको दाबी अख्तियारले गरेको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

error: Content is protected !!