२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

दाङको तुलसीपुरमा सवारी पार्किङ ब्यवस्थापन गर्दै ट्राफिक प्रहरी

Logo
प्रकाशित शुक्रबार, आश्विन ०९, २०७७

तेज वली
दाङ तुलसीपुर बजार क्षेत्रमा सवारी साधनकाे चाप पनि निकै धेरै हुने गरेकाे पाईन्छ । अझ नजिकिदै गरेकाे चाडपर्वले झनै भिडभाड बढाएकाे छ ।
यतिबेला तुलसीपुर उपमहानगरपालिका, ईलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुर उत्त अस्तब्यस्त भिडभाड र सवारी पार्किङ ब्यवस्थापनमा जुटेका छन ।नेपाल प्रहरी, ट्राफिक प्रहरी र उपमहानगरपालिकाका कर्मचारीहरुकाे संयुत्त प्रयासमा बिहिवार जनचेतनाका लागि माईकिङ र अस्तब्यस्त रुपमा पार्किङ गरिएका सवारी साधनहरुलाई कसरी पार्किङ गर्ने भनेर प्रशिक्षण समेत दिईएकाे थियाे । प्रहरीले फुटपातमा रहेका ब्यापार ब्यवसायलाई समेत अनावश्यक भिडभाड नगरिदिन हुन अनुराेध गरेकाे छ ।
नजिकीदै गरेका चाडपर्वहरुमा दुर्घटनाकाे जाेखिमलाई मध्यनजर गर्दै तुलसीपुर बजार क्षेत्रमा जथाभाबी रुपमा पार्किङ गरिएका बाईक, अटाे लगाएतका सवारी साधनहरुलाई ठिक तरिकाले पार्किङ गराउन लगाएकाे ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्र ना नि चन्द्र केशीले जानकारी दिनुभयाे । जथाभावी रुपमा अस्तब्यस्त पार्किङले बजार क्षेत्रलाई कुरुप समेत बनाएकाे उहाँले भन्नुभयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!