३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

तुल्सीपुर ट्राफिकले जताभाबी फुटफाटमा व्यापारी नगर्न अपिल गर्दै

Logo
प्रकाशित आइतबार, आश्विन ११, २०७७

तेज वली
दाङ तुलसीपुर शुक्रवारको माइकिङमा प्रहरीले प्राय सवै तुलसीपुर बजारबासीलाइ अनुरोध गरीसकेको छ । तुलसीपुरको क लाइनको सडक व्यवस्थापनलाइ विशेष ध्यानदिएपनि प्रहरीले तुलसीपुर उपमहानगरपालिकाका हात्तिखौवादेखि बसपार्क क्षेत्र र सल्यान रोडदेखि गुम्राहचौक सम्म तथा अन्य सहायक लाइनहरुमा पनि माइकिङगरेर जानकारी गराइसकेको छ ।
‘सवैलाइ जानकारी गराइसकेका छौं, कि तपाइहरुले फुटपाथमा व्यापार नगरीदिनुहोला, अव्यवस्थीत पार्किङ नगरीदिनुहोला, ठेला व्यापारले पनि सडक अवरोध हुने अवस्था नहोस्, अव यसलाइ अवाज्ञा गरेमा आइतवारदेखि यसरी गरीएका व्यापार र गरिएका अव्यवस्थीत पार्किङलाइ पुर्ण रुपमा हटाउने छौं’—इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव वहादुर सिंहले भनेका छन् । स्थानिय सरकारसंगको समन्वय र सहकार्य तथा इलाका ट्राफिक प्रहरी तुलसीपुरसंगको सहयोगमा प्रहरीले यो अभियान थालेको हो । अटेरगरी पार्किङ गरिएका सवारीसाधनहरुको ह्वील लक समेत गर्न सकिने प्रहरीले जनाएको छ ।
सांघुरो सडक र बढ्दो ट्राफिक चांपसंगै पछिल्लो समय तुलसीपुर अक्रान्त छ । त्यसमा पनि अव्यवस्थीत ठेला व्यापार र फुटपाथनै नरहनेगरी गरीने व्यापारले पैदलयात्रुलाइ पनि सवारी गुड्ने सडकबाटै हिंड्न बाध्य बनाएको छ । जसका कारण दुर्घटनाको जोखिम समेत बढिरहेको इलाका प्रहरी कार्यालयका प्रमुख डिस्पी सिंहले बताए । अव्यवस्थीत फुटपाथ गरेर अटेरगरे ती सामानहरु टेक्टरमै राखेर प्रहरीले नियन्त्रणमा लिन सक्ने पनि उनको अभिव्यक्ति थियो । पार्किङको समस्या आफुले पनि बुझेको बताउंदै उनले कम्तिमा पनि सोझोगरी मिलाएर राख्न भन्दा पनि सवारीधनीले अटेर गर्दै मनोमानी रुपमा पार्किङ गरीरहेको प्रहरीको ठम्याइ छ । त्यसैले त्यसरी अटेरगरी पार्किङ गरेका सवारीसाधनलाइ पनि प्रहरीले नियन्त्रणमा लिएर नियम वमोजिम कारवाहि गर्ने इलाका प्रहरी प्रमुख सिंहले बताए । ‘नियम जानीजानी पनि अटेरगरी जसले सडकमा सवारी पार्किङ गरेको छ, उ ट्राफिक कारवाहिबाट उम्कन सक्ने छैन’—ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज चन्द्र केसीले बताएका छन् । ट्राफिक समस्या एकातिर रहेको भएपनि विकल्प हुंदाहुंदै पनि नियम मिचेर पार्किङ गर्ने प्रबृत्ति रहेको बताउंदै उनले अव प्रहरी यस्ता चरीत्रका विरुद्ध एक्शनमै जाने पनि बताए ।
लागुऔषध दुव्र्यसनी न्युनिकरण अभियान, गुण्डागर्दि नियन्त्रण, यौनजन्य अपराध तथा टोलसुरक्षाको अभियानपछि पछिल्लो समयमा तुलसीपुर इलाका प्रहरी कार्यालय बजार व्यवस्थापनको अभियानमा लागेको हो । चाडपर्व नजिकिएसंगै बजारमा हुने भिडभाडलाइ व्यवस्थापन गर्नु मुख्य दायित्व रहेकाले यो अभियानमा लागिएको प्रहरी प्रमुखको भनाइ थियो । व्यवसायीक सुरक्षाकालागी बजारका मुख्यमुख्य क्षेत्रमा सिसि क्यामेरा जडान भैसकेको बताउंदै प्रहरीले सडकै अवरोधहुनेगरी हुने ठेला व्यापार पनि व्यवस्थीत गर्ने अभियानमा छ । ठेला व्यापारलाइ व्यवस्थापन गर्न स्थानिय पालिकासंग पनि समन्वय भैरहेको पनि उनले बताएका छन् ।
पर्व नजिकिएसंगै कोरोना भाइरसको संक्रमणको जोखिम पनि उच्च रहेकाले उच्च सतर्कता अपनाएर व्यापार व्यवसाय सन्चालन गर्न पनि प्रहरीले व्यवसायी तथा बैंक र वित्तिय संस्थाहरुलाइ आग्रह गरेको छ । व्यवसायीहरुलाइ अनिवार्य रुपमा मास्क लगाउन तथा सामाजिक दुरी कायम गरेर व्यापार व्यवसाय सन्चालन गर्न पनि सुरक्षा निकायले अनुरोध गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने तयारी काठमाडौं । बुधबार साउन २८ गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्र बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार (साउन […]

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न […]

मेष – गृहकार्य तथा पारिवारिक दायित्व पूरा गर्न संयमता आवश्यक छ। असावधानीले क्षति गराउन सक्छ । वृष – स्वास्थ्य अनुकूल रहनेछ। अप्रत्याशित लाभका सम्भावना छन्, जसले आर्थिक पक्ष सुदृढ पार्नेछ। मिथुन – साहित्य, कला वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पुराना मित्रसँग स्नेहिल भेटघाट हुनसक्छ। कर्कट – मन प्रशन्न रहनेछ, जीवनका सुखद क्षणहरूको अनुभव गर्न पाउनुहुनेछ। […]

error: Content is protected !!