०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाल प्रहरीको डीआईजी थपिँदै, पाँच दरबन्दी थप्न गृहको प्रस्ताव

Logo
प्रकाशित आइतबार, आश्विन ११, २०७७

ABC Sanchar
काठमाडौं सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्न तयारी अघि बढाएको छ ।
गत २८ चैतमा डीआईजी संख्या कटौती गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँचवटा दरबन्दी थप्न तयारी अघि बढाएको हो । नेपाल प्रहरीमा हाल दुई डीआईजीको दरबन्दी भने रिक्त नै छ ।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार डीआईजी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको करिब एक महिना भइसकेको समाचार राजधानी दैनिकले छापेकाे छ ।
प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा डीआईजी दरबन्दी थप गर्ने विषयमा सहमति भएपछि गृहले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको ती अधिकारीले जानकारी दिएका हुन् ।
गृह मन्त्रालयले डीआईजी थप गर्ने विषयमा अध्ययन गरी सिफारिस गर्न ओएनएम समितिसमेत बनाएको थियो । सो समितिले समेत डीआईजी संख्या थपको प्रस्ताव गरेको थियो । सो समितिमा नेपाल प्रहरीका तर्फबाट डीआईजी प्रकाशजंग कार्कीसमेत सदस्य छन् ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय र मन्त्रालयबीच सहमति जुटेपछि सो संख्या प्रस्ताव गरिएको थियो । प्रधान कार्यालयले महत्पूर्ण विभागमा डीआईजीको दरबन्दी आवश्यक रहेको भन्दै प्राविधिकतर्फ बाहेक हाल १४ जनाको संख्या रहेको डीआईजीबाट पाँच बढाएर १९ पु(याउन प्रस्ताव गर्दै आएको छ ।
यसअघि नेपाल प्रहरीमा प्राविधिकतर्फ बाहेक डीआईजीको दरबन्दी २६ थियो भने सरकारले एकैपटक गत चैतमा संख्या घटाएर १४ मा झारेको थियो । त्यसयता डीआईजी प्रमुख रहेका प्रहरी संगठनका कतिपय विभाग एसएसपीको भरमा चल्दै आएका छन ।
सरकारले डीआईजीको संख्या कटौती गर्दा बढुवाको मुखमा रहेका धेरै एसएसपी मर्कामा परेका थिए भने प्रहरी संगठनभित्र असन्तुष्टिसमेत बढेको थियो । त्यसबखत गृह सचिव महेश्वर न्यौपाने र तत्कालीन प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीबीच पटकपटक भनाभनसमेत भएको थियो ।
पछिल्लोपटक संख्या थप गर्ने विषयमा मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको संयोजकत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति ९ओएनएम० गठन गरिएको थियो । हाल उनको अन्यत्र सरुवा भएपछि सो स्थानमा सहसचिव थानेश्वर गौतम छन् ।
नेपाल प्रहरीतर्फ डीआईजीले नेतृत्व गर्ने कार्यविभाग, अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका, लागूऔषध, मानव बेचविखन, साइबर ब्युरोलगायतका विभाग नेतृत्वविहीन छन् ।
हाल केही विभागलाई एआईजीको मातहत राखेर गाभिएको छ । यसअघि दरबन्दी कटौती हुँदा वरीयतामा अघि रहेका धनश्याम अर्याल प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी डीआईजी बढुवा भएका थिए ।
नेपाल प्रहरीका हाल दुई डीआईजी पद रिक्त छन् भने पाँच दरबन्दी थपिएपछि सात जना एसएसपी वरिष्ठताका आधारमा डीआईजीमा बढुवा हुनेछन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!