२७ साउन २०८२, मंगलबार
12-08-2025 , Tue
×

काठमाडौंको मुख्य ठाँउमा ३ बजेदेखि लोडसेडिङ हुने

Logo
प्रकाशित सोमबार, आश्विन १२, २०७७

ABC Sanchar
काठमाडौं नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङ कार्यकाल सकिएर विदा भएपछि अघोषित रुपमा लोडसेडिङ हुन थालेको आशंका व्यक्त भइरहेको बेला आइतबार काठमाडौंमा मुख्य क्षेत्रमा विद्युत आपूर्ति रोकिएको छ ।
तर विद्युत आपूर्ति लोडसेडिङको रुपमा नभइ नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानल बोर्डमा मुसा पसेपछि काठमाडौंका मुख्य क्षेत्रमा विद्युत आपुर्ति रोकिएको हो ।
नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै लैनचौर सबस्टेशनबाट विद्युत आपुर्ति हुने बागबजार, नारायणहिटी दरबार, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, पानीपोखरी, गैह्रीधारा, ठमेल, सामाखुसी, टंगाल, बबरमहललगायतका क्षेत्रमा आइतबार लाइन अवरूद्ध भएको जनाएको छ ।
समस्या सुल्झाउन प्राधिकरणले मर्मत टोली खटाएको छ । दिउँसो ३ बजेदेखि अवरूद्ध विद्युत आपुर्ति सुचारू हुन अझै केही समय लाग्ने प्राधिकरणले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग […]

नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका […]

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। […]

error: Content is protected !!