२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

इन्सपेक्टर हुँ भन्दै होटलमा मदिरा सेवन गरेको बिल नतिर्ने व्यक्ति पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १२, २०७७

ABC Sanchar
झापा नेपाल प्रहरीको इन्सपेक्टर हुँ भन्दै स्थानीय रेस्टुरेन्टमा खाजा तथा पेय (मादक) पदार्थ सेवन गरेको पैसा नतिरी हिँड्ने गरेका एक व्यक्तिलाई झापाको दमक प्रहरीले पक्राउ गरेको छ । झापाको कम गाउँपालिका अन्तर्गतका विभिन्न होटल तथा रेस्टुरेन्टमा खाजा खाने, तर पैसा तिर्ने बेला ‘म प्रहरी चौकीको इन्सपेक्टर हुँ, भोलि हिसाव मिलाउँला’ भन्दै हिँड्ने गरेका व्यक्तिलाई स्थानीयको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको दमक घर भएका ५८ वर्षीय ईन्द्र प्रसाद थापा रहेका इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।
थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!