०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

सशस्त्र प्रहरी बर्दियाले अवैध सामाग्रीहरु पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १२, २०७७

महेन्द्र सिंह
बर्दिया सशस्त्र प्रहरीले बर्दियामा अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणबाट गएको गस्ती टोलीले बर्दियाका विभिन्न सिमा नाकाहरुबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको दुनो भैसी, प्याज र चिनी लगायतका सामाग्री बरामद गरेको हो।
बरामद गरिएका अवैध सामाग्रीसहित भैसीलाई छोटी भन्सार कार्यालय गुलरीयामा बुझाईएको सशस्त्र प्रहरी बर्दियाले जानकारी दिएको छ। सशस्त्र प्रहरीका अनुसार आइतबार बरामद गरिएका अवैध बस्तुहरुको भन्सार दाखिला मूल्य ७०,७४० रुपैयाँ छ।
त्यस्तै पछिल्लो चरणमा बरामद गरेको काठ र सुर्तिजन्य पदार्थहरु पनि भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बर्दियाले जानकारी दिएको छ।सशस्त्र प्रहरी बर्दियामा एसपी नर बहादुर रावत आएदेखी सिमानाकामा निकै कडाई हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!