२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

अनुगमनको क्रममा बरामद गरेको प्याजको मूल्य प्रति केजी ६० रुपैयाँ बजारमा

Logo
प्रकाशित मंगलबार, आश्विन १३, २०७७

ABC Sanchar
काठमाडौं बजार अनुगमनका क्रममा बरामद गरिएको प्याज बिक्री गरिएको छ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको थापाथलीस्थित कार्यालयबाट प्याज बिक्री गरिरहेको छ ।
कम्पनीले प्रतिकिलो ६० रुपैयाँको दरले बरामद गरिएको प्याज बिक्री गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । कम्पनीले बरामद गरिएको सबै १४६ क्विन्टल प्याज बिक्री गर्ने उनले बताए ।
वाणिज्य विभागले बजार अनुगमनका क्रममा महँगोमा प्याज बेच्दै गरेको पाएपछि बरामद गरेको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको समाचार सार्वजनिक भएसँगै बजारमा प्याजको भाउ बढाइएको थियो । त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नै ग्राहक बनेर प्याज खरिद गर्दा जथाभावी रुपमा मूल्य कायम गरिएपछि त्यस्ता व्यापारीबाट जफत गरिएको थियो। त्यही जफत गरिएको प्याज कम्पनीले बिक्री गरिरहेको हो ।
कम्पनीले प्रतिकिलो ६० रुपैयाँका दरले एक जनालाई तीन किलो प्याज बिक्री गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]