२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रदेश नम्बर ५ को १२ वटै जिल्लामा एउटै मापदण्डको चेकिङ व्यरिकेट राखियो

Logo
प्रकाशित मंगलबार, आश्विन १३, २०७७

तेज वली                                                                  ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले एक कार्यक्रमको आयोजना गर्दै ट्राफिक र प्रहरीले आकस्मिक र नियमित चेकजाँचलाई थप व्यवस्थित गर्न एउटै मापदण्ड र एउटै साईजका व्यरिकेटहरु सबै जिल्लाहरुमा लागु गरिएको जानकारी गराएको छ ।
कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले प्रहरीले चेकजाँचका क्रममा नागरिकहरुलाई सास्ति नहोस् भन्ने उद्देश्यले एउटै किसिमको व्यरिकेट सडकमा राखिएको बताए ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछाने, ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि शिब बहादुर सिंह, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत, मजदुर नेता एवंम व्यवसायी केशब भण्डारी लगायतले चाडपर्व नजिकिए संगै सडकमा हुने चापलाई व्यवस्थित गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए ।
यस्तै तुलसीपुर प्रहरीले केहि दिन यता फुटपाथमा जथाभावी पार्किङ गरि राखिएका मोटरसाईकल र साना गाडीहरुलाई जरिमाना गर्न सुरु गरेको छ । सोमबार पनि कार्वाही प्रकृयालाई निरन्तरता दिएकोे ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताए ।
सोमबारमात्रै २४ वटा मोटरसाईकल नियन्त्रणमा लिईएको छ भने थप २४ वटालाई अनद स्पट कार्वाही गरिएको बताइएको छ । त्यस्तै ट्राफिक नियम उल्लघन गरेको भन्दै दुईवटा गाडीमा ह्वील लक लगाईएको छ । यो अभियान एकहप्ता सम्म संचालन हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।