२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

देउखुरी क्षेत्रको शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउने निरीक्षक:भट्टले

Logo
प्रकाशित मंगलबार, आश्विन १३, २०७७


सन्तोष थापा क्षेत्री
दाङ भर्खरै सरुवा भएर आउनुभएका इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले आफ्नो कार्यकालमा देउखुरी क्षेत्रको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउने बताएका छन् । प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौं श्रव्यदृश्य शाखाबाट भर्खरै सरुवा भएर दाङको भालुवाङमा आइपुगेका प्रहरी निरिक्षक भट्टले सोमवार कार्यालयमा राप्ती गाउँपालिका क्षेत्र भित्रका पत्रकारहरु सँगको भेटघाटमा सो कुरा बताएका हुन् । उनले राप्ती गाउँपालिका सहित आफ्नो कार्यक्षेत्र भित्र शान्ति सुरक्षा अमनचयन कायम राख्ने बताए ।
उनले समाजमा हुने अपराधिक क्रियाकलाप हत्या, हिंसा, दुर्घटना लगायतका विषयमा विभिन्न सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरु सँग परामर्श लिने पनि बताएका छन् । प्रहरी निरिक्षक भट्टले जनचेतनामुलक कार्यक्रमबाट अपराध रहित सभ्य समाजको निमार्ण गर्ने योजना रहेको पनि बताए ।
साथै उनले प्रहरीको आचार र व्यवहारमा परिवर्तन गरी नागरिक र प्रहरी बिचको सम्बन्धलाई नङ मासुको जस्तै बनाउने तथा प्रहरी साझेदारी कार्यक्रम अनुसार अगाडी बढ्ने, कसैको दवाफमा नपरी पुर्वग्राही तरिकाले अनुसन्धान गर्ने, पिडितलाई न्याय तथा पिडकलाई कडा कारवाही गर्ने पनि बताएका छन् । भने केहि घटना समाजबाट मिल्ने खालका भए समाजकै अग्रजहरुको सल्लाह सुझाव अनुसार मिलाउने पनि बताएका छन्
पत्रकार भेटभाट कार्यक्रममा एबिसी संचारका प्रमुख सम्बादाता एवं खबर 24 नेपालका बिदुर एमसी देउखुरी टुडे पत्रिका प्रकाशक/सम्पादक सन्तोषकुमार गुप्ता, राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता राप्ती अनलाइनका भिसुन शाही, राप्ती पोष्टका प्रतिनिधी जमिर शाहा, लगायतका सहभागिता रहेको थियो । केहि दिन अघि इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारुको संघिय प्रहरी कार्यालय भैरहवा सरुवा भएपछि नयाँ प्रहरी प्रमुखको रुपमा भट्ट आए सँगै पहिलो पटक पत्रकारहरु सँग भेटघाट गरेका हुन् । उनले आजैबाट कामकाज सुरु गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!