२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

देउखुरी क्षेत्रको शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउने निरीक्षक:भट्टले

Logo
प्रकाशित मंगलबार, आश्विन १३, २०७७

सन्तोष थापा क्षेत्री
दाङ भर्खरै सरुवा भएर आउनुभएका इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले आफ्नो कार्यकालमा देउखुरी क्षेत्रको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउने बताएका छन् । प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौं श्रव्यदृश्य शाखाबाट भर्खरै सरुवा भएर दाङको भालुवाङमा आइपुगेका प्रहरी निरिक्षक भट्टले सोमवार कार्यालयमा राप्ती गाउँपालिका क्षेत्र भित्रका पत्रकारहरु सँगको भेटघाटमा सो कुरा बताएका हुन् । उनले राप्ती गाउँपालिका सहित आफ्नो कार्यक्षेत्र भित्र शान्ति सुरक्षा अमनचयन कायम राख्ने बताए ।
उनले समाजमा हुने अपराधिक क्रियाकलाप हत्या, हिंसा, दुर्घटना लगायतका विषयमा विभिन्न सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरु सँग परामर्श लिने पनि बताएका छन् । प्रहरी निरिक्षक भट्टले जनचेतनामुलक कार्यक्रमबाट अपराध रहित सभ्य समाजको निमार्ण गर्ने योजना रहेको पनि बताए ।
साथै उनले प्रहरीको आचार र व्यवहारमा परिवर्तन गरी नागरिक र प्रहरी बिचको सम्बन्धलाई नङ मासुको जस्तै बनाउने तथा प्रहरी साझेदारी कार्यक्रम अनुसार अगाडी बढ्ने, कसैको दवाफमा नपरी पुर्वग्राही तरिकाले अनुसन्धान गर्ने, पिडितलाई न्याय तथा पिडकलाई कडा कारवाही गर्ने पनि बताएका छन् । भने केहि घटना समाजबाट मिल्ने खालका भए समाजकै अग्रजहरुको सल्लाह सुझाव अनुसार मिलाउने पनि बताएका छन्
पत्रकार भेटभाट कार्यक्रममा एबिसी संचारका प्रमुख सम्बादाता एवं खबर 24 नेपालका बिदुर एमसी देउखुरी टुडे पत्रिका प्रकाशक/सम्पादक सन्तोषकुमार गुप्ता, राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता राप्ती अनलाइनका भिसुन शाही, राप्ती पोष्टका प्रतिनिधी जमिर शाहा, लगायतका सहभागिता रहेको थियो । केहि दिन अघि इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारुको संघिय प्रहरी कार्यालय भैरहवा सरुवा भएपछि नयाँ प्रहरी प्रमुखको रुपमा भट्ट आए सँगै पहिलो पटक पत्रकारहरु सँग भेटघाट गरेका हुन् । उनले आजैबाट कामकाज सुरु गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!