०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

पत्रकार एवं साहित्यकार प्रियासनको एयर होस्टेस जहाजमै विमोचन

Logo
प्रकाशित मंगलबार, आश्विन १३, २०७७

सागर थापा
दाङमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास एयर होस्टेस आकाशमा विमोचन भएको छ । यति एयरलाइन्सको ७२ सिटे विमानमा सोही एयरलाईन्समा कार्यरत एयरहोस्टेसहरु सुदिक्षा प्याकुरेल र सुस्मिता मिजारले संयुक्तरुपमा विमोचन गर्नु भएको हो । कोरोना संक्रमणलाई मध्यनजर गरी पिपीइसहित स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी १५ हजार ५ सय फिट उचाईमा उपन्यासको विमोचन गरिएको हो ।
काठमाडौं देखि नेपालगञ्ज आउनेक्रममा स्वास्थ्य सामग्रीसहित प्लेन चढेका यात्रुहरुले समेत उपन्यासको अध्ययन गरेका थिएँ । एयर होस्टेस उपन्यास प्रियासनको नवौं उपन्यास हो । प्रियासनले यस अगाडी ८ वटा उपन्यास, दुईवटा कथा र अन्य पुस्तक प्रकाशन गरिसक्नु भएको छ । एयर होस्टेस कसरी बन्ने, बनि सकेपछि एयर होस्टेसको भूमिका के हुने, उसले आफ्नो काम, कर्तव्य र जिम्मेवारी कसरी निर्वाह गर्ने, हवाई यातायातलाई प्रभावकारी बनाउन एयर होस्टेसको भूमिका हे हुनुपर्छ, हुन सक्छ ? भन्ने कुरा उपन्यासको मुख्य विषय वस्तु बनेको उपन्यासकार प्रियासनको भनाइँ छ ।
यस बाहेक एयर होस्टेस पेशामा आबद्ध व्यक्तिको घरायसी र व्यक्तिगत जीवनसँग जोडिएको कथा पनि यसमा समावेश रहेको प्रियासनले जानकारी दिनुभयो । उहाँका अनुसार एयर होस्टेसको प्रेम कथा पनि यसमा समावेश छ । ‘एयर होस्टेस पनि मान्छे हो, उसको पनि म हुन्छ, उसको पनि जिन्दगी हुन्छ, उ पनि माया प्रेममा पर्न सक्छ’, प्रियासनले थप्नुभयो, ‘यसमा मैले आदर्श प्रेमको परिकल्पना गरेको छु ।’ उपन्यास लेख्नेक्रममा एयरलाईन्समा काम गर्ने कर्मचारीहरु, एयर होस्टेसहरु र विज्ञहरुसँग समेतत यस विषयमा छलफल गरेको बताउने प्रियासनले उपन्यासलाई विषय बस्तुका हिसाबले पनि पठनिय बनाउने प्रयास गरेको जानकारी दिनुभयो ।
‘उपन्यास कसरी विषय बस्तु केन्द्रीत हुन सक्छ भन्ने विषयमा मैले धेरै नै सजगता अपनाएको छु’, प्रियासनको भनाइँ छ । एयर होस्टेसहरुको मनोबल माथि उठाउँने कोसिस स्वरुप उपन्यास तयार पारिएको र पुस महिनामा उपन्यास बजारमा ल्याउने तयारी उपन्यासकार प्रियासनको छ । यसैगरी लकडाउन लभमा कोरोना संक्रमणले अर्थतन्त्र देखि समाजमा पारेको असर, यसबाट कसरी माथि उठ्न सकिन्छ भन्ने विषय बस्तुका साथै दरिलो प्रेम कथा पनि समावेश छ । उपन्यास दुईसय २४ पृष्ठको छ ।
उपन्यासलाई ब्रदर बुक्स प्रालि काठमाडौंले बजारमा ल्याएको हो । केही दिनभित्रै प्रियासनको लकडाउन लभ उपन्यास पनि सार्वजनिक गर्ने तयारी व्रदर बुक्सले गरेको छ । उपन्यासकार प्रियासनले गएको वर्ष ब्रेकअप डायरी, लक्कीचार्म, सेल्फी उपन्यास एकै वर्षमा निकाल्नु भएको थियो । त्यस अगाडी पल्लवी, सहनशीला, पुनरागमन, भुमरी, रोदनपछिको उपन्यासहरु प्रियासनले प्रकाशित गरि सक्नुभएको छ ।
कथा र लेखको संग्रह पनि प्रियासनको प्रकाशित छन् । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष भएर पत्रकारिताको नेतृत्व गरिरहनुभएका प्रियासनले लेखेका गीतहरुको भिडियो पनि युटूबमा हेर्न सकिन्छ ।
प्रियासनले पत्रकारितामा उत्कृष्ट योगदान पु¥याए वापत सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट संविधान दिवसको अबसरमा यस वर्ष जनसेवा श्री पदक समेत पाउनु भएको छ । प्रियासनको सेल्फी उपन्यास वर्मामा सोधपत्र समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!