०५ आषाढ २०८२, शुक्रबार
20-06-2025 , Fri
×

पत्रकार एवं साहित्यकार प्रियासनको एयर होस्टेस जहाजमै विमोचन

Logo
प्रकाशित मंगलबार, आश्विन १३, २०७७

सागर थापा
दाङमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास एयर होस्टेस आकाशमा विमोचन भएको छ । यति एयरलाइन्सको ७२ सिटे विमानमा सोही एयरलाईन्समा कार्यरत एयरहोस्टेसहरु सुदिक्षा प्याकुरेल र सुस्मिता मिजारले संयुक्तरुपमा विमोचन गर्नु भएको हो । कोरोना संक्रमणलाई मध्यनजर गरी पिपीइसहित स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी १५ हजार ५ सय फिट उचाईमा उपन्यासको विमोचन गरिएको हो ।
काठमाडौं देखि नेपालगञ्ज आउनेक्रममा स्वास्थ्य सामग्रीसहित प्लेन चढेका यात्रुहरुले समेत उपन्यासको अध्ययन गरेका थिएँ । एयर होस्टेस उपन्यास प्रियासनको नवौं उपन्यास हो । प्रियासनले यस अगाडी ८ वटा उपन्यास, दुईवटा कथा र अन्य पुस्तक प्रकाशन गरिसक्नु भएको छ । एयर होस्टेस कसरी बन्ने, बनि सकेपछि एयर होस्टेसको भूमिका के हुने, उसले आफ्नो काम, कर्तव्य र जिम्मेवारी कसरी निर्वाह गर्ने, हवाई यातायातलाई प्रभावकारी बनाउन एयर होस्टेसको भूमिका हे हुनुपर्छ, हुन सक्छ ? भन्ने कुरा उपन्यासको मुख्य विषय वस्तु बनेको उपन्यासकार प्रियासनको भनाइँ छ ।
यस बाहेक एयर होस्टेस पेशामा आबद्ध व्यक्तिको घरायसी र व्यक्तिगत जीवनसँग जोडिएको कथा पनि यसमा समावेश रहेको प्रियासनले जानकारी दिनुभयो । उहाँका अनुसार एयर होस्टेसको प्रेम कथा पनि यसमा समावेश छ । ‘एयर होस्टेस पनि मान्छे हो, उसको पनि म हुन्छ, उसको पनि जिन्दगी हुन्छ, उ पनि माया प्रेममा पर्न सक्छ’, प्रियासनले थप्नुभयो, ‘यसमा मैले आदर्श प्रेमको परिकल्पना गरेको छु ।’ उपन्यास लेख्नेक्रममा एयरलाईन्समा काम गर्ने कर्मचारीहरु, एयर होस्टेसहरु र विज्ञहरुसँग समेतत यस विषयमा छलफल गरेको बताउने प्रियासनले उपन्यासलाई विषय बस्तुका हिसाबले पनि पठनिय बनाउने प्रयास गरेको जानकारी दिनुभयो ।
‘उपन्यास कसरी विषय बस्तु केन्द्रीत हुन सक्छ भन्ने विषयमा मैले धेरै नै सजगता अपनाएको छु’, प्रियासनको भनाइँ छ । एयर होस्टेसहरुको मनोबल माथि उठाउँने कोसिस स्वरुप उपन्यास तयार पारिएको र पुस महिनामा उपन्यास बजारमा ल्याउने तयारी उपन्यासकार प्रियासनको छ । यसैगरी लकडाउन लभमा कोरोना संक्रमणले अर्थतन्त्र देखि समाजमा पारेको असर, यसबाट कसरी माथि उठ्न सकिन्छ भन्ने विषय बस्तुका साथै दरिलो प्रेम कथा पनि समावेश छ । उपन्यास दुईसय २४ पृष्ठको छ ।
उपन्यासलाई ब्रदर बुक्स प्रालि काठमाडौंले बजारमा ल्याएको हो । केही दिनभित्रै प्रियासनको लकडाउन लभ उपन्यास पनि सार्वजनिक गर्ने तयारी व्रदर बुक्सले गरेको छ । उपन्यासकार प्रियासनले गएको वर्ष ब्रेकअप डायरी, लक्कीचार्म, सेल्फी उपन्यास एकै वर्षमा निकाल्नु भएको थियो । त्यस अगाडी पल्लवी, सहनशीला, पुनरागमन, भुमरी, रोदनपछिको उपन्यासहरु प्रियासनले प्रकाशित गरि सक्नुभएको छ ।
कथा र लेखको संग्रह पनि प्रियासनको प्रकाशित छन् । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष भएर पत्रकारिताको नेतृत्व गरिरहनुभएका प्रियासनले लेखेका गीतहरुको भिडियो पनि युटूबमा हेर्न सकिन्छ ।
प्रियासनले पत्रकारितामा उत्कृष्ट योगदान पु¥याए वापत सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट संविधान दिवसको अबसरमा यस वर्ष जनसेवा श्री पदक समेत पाउनु भएको छ । प्रियासनको सेल्फी उपन्यास वर्मामा सोधपत्र समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लोकतन्त्रको मेरुदण्ड मानिने संसद् जनप्रतिनिधिका आवाज बोकेको संस्था मात्रै होइन, जनताका आवश्यकता, सरोकार र सरकारका गतिविधि नियाल्ने केन्द्र पनि हो। यस्तो संवेदनशील संस्थाको कार्यशैली, नीति निर्माण प्रक्रिया र बहसलाई समाज सम्म पुर्‍याउने काम पत्रकारहरूको काँधमा हुन्छ। तर, संसद्को भित्री संरचना, प्रक्रियागत पाटो र विविध पक्षबारे जानकारी बिना गरिने रिपोर्टिङ अपुरो मात्र होइन, […]

धनगढी । कैलाली कारागारमा रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–२ का २८ वर्षीय हरिसिंह पालीको मृत्यु घटनाको अनुसन्धानका लागि सई नाथलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सई नाथविरुद्ध मृतककी […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय को आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा मिति २०८२/०२/२९ गतेदेखि ०३/०५ गतेसम्म सञ्चालित जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक टेक बहादुर तामाङको बिषेश आतिथ्यतामा सम्पन्न भएको […]

error: Content is protected !!