२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सशस्त्र प्रहरीद्वारा ५२ किलो गाँजा पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन १४, २०७७

ABC Sanchar
काठमाडौं कमवानपुरको हेटौडा उपमहानगरपालिका-१२ रमनटार स्थित राप्ती खोलाको किनारबाट सोमबार एपीएफ टोलीले करीव ५२ किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल आईराटी पोष्ट कत्लेखोलाबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै ना २ ह १३१० नम्बरको अटोका चालक उक्त अटो सोही ठाउँमा छाडी फरार भएपछि सो अटोमा जाँच गर्दा उल्लेखित गाँजा फेला परेको हो ।
एपीएफ टोलीले त्यसवेला उक्त अटो समेत बरामद गरेको छ । बरामद गाँजा तथा अटो स्थानीय प्रहरीमा बुझाईएको छ ।
यसैगरी सिरहाको सुखिपुर नगरपालिका-४ बनैनिया चोकबाट सोमबार एपीएफ टोलीले करीव १९ किलो गाँजा बरामद गरेको छ ।
को २९ प १४८७ नम्बरको मोटरसाईकलमा राखी नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुखिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला गाँजा ल्याउँने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा र मोटरसाईकल छाडी फरार भएका थिए । बरामद गाँजा तथा मोटरसाईकल स्थानीय प्रहरीमा बुझाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।