२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

जोरविजोर प्रणाली उल्लङ्घन गर्ने बढे चेकजाँचमा कडा

Logo
प्रकाशित बुधबार, आश्विन १४, २०७७

ABC Sanchar
काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्यासँगै सवारी जाम पनि बढ्न थालेपछि मंगलवारबाट जोर– बिजोर प्रणालीमा थप कडाई गरिएको छ ।
उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा खुकुलो बनाउने रणनीति अनुरुप भदौ महिनाको २५ गतेबाट सवारी साधनमा जोर–विजोर लागू भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोर–विजोर सवारी सञ्चालन सम्वन्धि नियमको पालना भएनभएको अनुगमन तथा कारवाहीमा तिब्रता दिएको बताए ।
‘उपत्यकाका सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट जारी निषेधाज्ञा तथा जोर–विजोर सेवा हटिइसकेको अवस्था छैन, उनले भने– नियमित कारवाही अन्तरगत अनुगमन कार्यलाई थप कडा पारेको हो । उपत्यकाको मुख्य सडकचोकहरूमा ट्राफिक प्रहरीको जनशक्ति पनि बढाइएको छ ।
जोर– बिजोर प्रणालीको पालना नगर्ने सवारी साधनहरूलाई साँझ ८ वजेसम्मलाई सडकमै ‘होल्ड’मा राखिने जानकारी उनले दिए । होल्ड गरिएका सवारी साधनहरूमा दुई पाङ्ग्रे सवारी मोटरसाइकलहरू धेरै छन् ।
त्यस्तैं, कार र ट्याक्सी पनि कारवाहीमा परेका छन् । दिउँसो दुईवजेसम्म एकहजार सवारी कारवाहीमा परेका छन् ।
ट्राफिक प्रहरी महाशाखाले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले जोर– विजोर यातायात सेवा सञ्चालन गर्न सर्वसाधारणमा आग्रह गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन र सर्वसाधारणको भीड बढ्दै गएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।