०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

कपिलवस्तुमा साढे सात किलो अफिम सहित दुई जना नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, आश्विन १४, २०७७

प्रिन्स मिश्रा, कपिलवस्तु                                              कृष्णनगर १४ असोज
मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषध कारोवारमा संलग्न रहेकी एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राती १० बजेको समयमा बिषेश सुराकीको आधारमा चेक जांचमा खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका वडा नं २ स्तिथ बुद्धा आयल ट्रेडर्स नजिकै लागू औषध ( अफिम ) बरामद गरेको छ l
कृष्णनगर तर्फ हाकी लिई आउदै गरेको लु १ ह १५७ नं को टेम्पो रोकी चेक जाँच गर्ने क्रमामा सोही टेम्पोमा सवार रहेकी जिल्ला रोल्पा कुलेरी गाउँपालिका वडा नं १ कुलेरीकी वर्ष ४९ की सीता रोकालाई चेक जांच गर्दा प्लास्टिकमा बेरेर लुकाई छिपाई राखेको ७ किलो ५०० ग्राम ( साढे सात किलो) लागू औषध ( अफिम ) बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले पत्रकार सम्मेलन गरि जानकारी दिनु भएको छ । लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!