०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नक्कली इन्सपेक्टर बनेर फर्जी परीक्षा चलाउने राय पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०७७

ABC Sanchar
पर्सा प्रहरी नायब निरीक्षक सई इन्चार्ज हुने प्रहरी चौकीमा उनले ‘स्यालुट’ पनि खान्थे अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन् प्रहरीकै सईहरुले समेत उनी नक्कली इन्सपेक्टर हुन् भन्ने चाल पाएनछन् ।
वीरगन्ज प्रहरी निरीक्षक इन्सपेक्टरको बर्दी लगाएर लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा लिइरहेका एक व्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका–१६ स्थित देव पार्टी प्यालेसमा प्रहरीले बुधबार मध्यान्ह छापा मारी इन्सपेक्टरको बर्दी लगाएका बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोल निवासी २९ वर्षीय अजयकुमार रायलाई नियन्त्रणमा लिएको डीएसपी मनोजित कुँवरले जनाए ।
‘पार्टी प्यालेसमा प्रहरी पुग्दा रायले बर्दी लगाएर परीक्षा सञ्चालन गरिरहेका थिए,’ पर्सा प्रहरीका प्रवक्ता समेत रहेका डीएसपी कुँवरले भने, ‘प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धानको सहायक सूचक र खरिदार पदका लागि २१ जनाले परीक्षा दिइरहेका थिए । पर्सा बारा र सर्लाहीका परीक्षार्थीसँग रायले फर्म र परीक्षाका लागि भन्दै कूल तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र दुई थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान खरिदारको प्रवेश पत्र एक थान र २६ थान प्रश्नपत्र सहित इन्सपेक्टरको पोसाकमा रायलाई पक्राउ गरिएको डीएसपी कुँवरले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

error: Content is protected !!