२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कृषि सहकारीको नाममा भारतीय खसीबोका नेपाल भित्रीए प्रहरी कागजमै सिमित

Logo
प्रकाशित शनिबार, आश्विन १७, २०७७

बिदुर एमसी
बाँके लकडाउनमा हाेस् या सामान्य अवस्थामा देशको एउटा ठाउँमा तयार गरिएका खसीबाेकाहरु काठमाडौं पाेखरा लगायतका शहर बजार र अन्य ठाउँमा लगिन्छन् । याे कुनै अनौठो कुरा होइन ।
अनौठो त यो कुरामा छ, कुनै कृषि सहकारीको कागजात देखाएर प्रहरी प्रशासनलाई समेत गुमराहमा पारेर खसी व्यापारीले लक डाउनजस्तो विषम परिस्थितिमा सिमापारी भारतबाट खसीबाेकाहरु राजधानी काठमाडौं लग्ने गरिएको खुल्न आएको छ ।
खसी तस्करीले यसरी अवैध रुपले भारतीय खसीबाेकाहरु राजधानी काठमाडौं पुर्याउने गरेको बाँके नरैनापुर बैजापुर अगैयाका केही खसी व्यापारी र स्थानीयबासीहरु बताउँछन् ।
नेपाली खसीबोकाहरु लकडाउनले गर्दा यत्तिकै थन्किएको बर्तमान परिप्रेक्ष्यमा एउटा व्यापारीले स्थानीय कुनै एक कृषि सहकारीको नामबाट कागजात बनाई भारतीय खसीबाेकाहरु काठमाडौं धमाधम लगेर बेच्नु अत्यन्तै दुखद कुरा भएको गाउँका खसी ब्यापारीहरुको गुनासो छ। यता जिल्ला प्रशासन कार्यालय बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गसंग जिज्ञासा राख्दा उनलेे यस्तो गलत कार्य गर्ने जाे काेहीलाई पनि कानून अनुसारको कारवाही गर्न नेपाल प्रहरी सशस्त्र प्रहरीलाई कडा निर्देशन दिइएको कृषि सहकारीको नामबाट जतिपनि खसीबोका ढुवानी हुन्छ सबै बन्द गरिएको र प्रहरीले भेटाएमा जहाँबाट ल्याएको हो त्यहाँ फर्काउन बाँके प्रहरीलाई निर्देशन दिएको बाँके जिल्ला सिडियो कुरुम्बाङ्गले बताएका छन् । बाँके जिल्लाका भारतसंग सिमाना जाेडिएका बैजापुर नरैनापुर कुसुम र ढकेरीजस्ता ठाउँहरुबाट यसरी खसीबाेकाहरु ल्याउने गरेको स्थानीय किसानहरुले बताएका छन् । यस विषयमा इलाका प्रहरी कार्यालय काेहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले प्रत्येक चेकपाेष्टमा पशु क्वारेन्टाइनकाे कर्मचारी भएमा ड्युटीमा रहेका प्रहरी कर्मचारी र क्वारेन्टाइन कर्मचारी एकसाथ मिलेर काम गर्न सहज हुने र यस्ता तस्करहरुले मौका पाउन नसक्ने कुरा व्यक्त गरे । हामीले ड्युटीमा हेर्ने भनेको क्वारेन्टाइन गरेको कागज, सिफारिस दिने निकायले दिएको कागज, स्थानीय निकायले दिने कागज र अनलाइन बिल आदि हो । यिनै कागजात हेरेरमात्र गाडीलाई जान दिने गरेको कुसुम, बैजापुर र ढकेरीका प्रहरीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]